Shittalpati
मोबाइल बैंकिङ र क्यूआरको  प्रयोग बढ्दो

पाल्पा, प्रविधिमा पहुँच बढेसँगै मोबाइल बैंकिङ, क्विक रेस्पोन्स (क्यूआर) वाटेललगायतमा सेवाग्राहीको आकर्षण बढ्दो रहेको छ । चिया पसल र रेस्टुराँदेखि हस्पिटालिटी सेक्टरसम्म भुक्तानीको सहज माध्यम बनेको यी उपकरण बनेका छन् ।

प्रयोगकर्ताको संख्या बढेसँगै कारोबारमा पनि वृद्धि भएको छ । समयको माग अनि सरल तथा सहज प्रक्रिया भएकाले युवा पुस्ता यसमा आकर्षित भइरहेका छन् । क्यूआर कारोबार दोब्बर भन्दा धेरैले बढेको छ । नौ महिनामा यस्तो प्रविधिमार्फत हुने भुक्तानी र कारोबार संख्या दुवैमा शतप्रतिशत भन्दा धेरैको सुधार आएको हो । चालु आर्थिक वर्षको चैत महिनासम्म मात्रै क्यूआर पेमेन्टमार्फत १ करोड ६१ लाख वटा कारोबार भएका छन् । यो अवधिमा यस्तो कारोबारमार्फत ४५ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ । गत चैतसम्म ७६ लाखपटक मात्रै यस्तो कारोबार भएको थियो ।

सो कारोबारमार्फत २२ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । अर्कोतिर मोबाइल बालेटमार्फत हुने भुक्तानीमा पनि यो वर्ष झण्डै एक तिहाई वृद्धि भएको छ । अघिल्लो वर्ष ९ महिनामा १ करोड ८६ लाख पटक वालेटमार्फत भुक्तानी भएकोमा यो वर्ष २ करोड ४४ लाख पटक भुक्तानी भएको छ । यो अवधिमा वालेटमार्फत् २६ अर्ब रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो यही समयसम्म १९ अर्ब भुक्तानी भएको थियो । अहिले मोबाइल वालेट ग्राहकको संख्या २ करोड २२ लाख रहेको छ । डिजिटल भुक्तानीको अर्को महत्वपूर्ण पक्ष मानिने मोबाइल बैंकिङको प्रयोग यो अवधिमा झण्डै दुई तिहाइले बढेको छ । अघिल्लो वर्ष चैतसम्म मोबाइल बैंकिङमार्फत २ करोड ५७ लाख पटक कारोबार भएकोमा यो संख्या यो वर्ष ३ करोड ५१ लाख पुगेको छ । यस्तो कारोबारमा अघिल्लो वर्ष २ खर्ब ७ अर्ब रुपैयाँ कारोबार भएकोमा यो वर्ष २ अर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । अहिले मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ४० लाख रहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update