Shittalpati
साथी

✍️ विमला पाण्डे

शब्दमा जति मिठास सम्बन्धमा कहाँ पाईन्छ ,

साथी भनेर मात्र हुदैन् टिकाउने विस्वास चाहिन्छ ।

तिमीले आफुले दिए जति मात्र पाउने आश राख्नु है त,

असल साथीको साथ पाउन तिमी असल बनेको खै त ,

दुरीले टाढा बनाउला,

लक्ष्य एउटै नहुन पनि सक्छ,

सपना पुरा गर्ने भाग दौडमा छुटिन सकिन्छ ,

छुट्दा भन्दापनि भेट हुँदा रूने साथी निकै खास हुँदो रहेछ ,

चाहेमा सम्बन्ध मनमा जुगजुग रहिरहन्छ,

छोटो भेट्मा आँशुले धेरै  कुरा बहन्छ,

असल साथी त्यो हो जो साथमा  नभएपनि यादमा युगौं बाचिरहन्छ ।

झगडा नभई सम्बन्ध टिकाउ हुदैंन।

त्यो साथी साथी नै हैन् जो

 तिम्रो कमिमा रूदैन् ॥

 

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update