Shittalpati
सेना रिसाएपछि सिडियो कहाँ पुगे दलहरु

पाल्पा, पुरातत्व विभाग अन्तर्गत तानसेन नगरपालिकाले निर्माण गर्न थालेको पाल्पा दरवार परिसरको शितलपाटीदेखी जिल्ला प्रशासन गेटसम्मको सुरक्षा पर्खाल निर्माणको कार्य यति बेला विवादित बनेको छ । नेपाली सेनाले उक्त क्षेत्रामा मोड मिलाउन नदिएपछि उक्त निर्माण कार्य विवादमा परेको हो । 

नगरपालिकाले नेपाली सेनाको जग्गा मिचेर निर्माण कार्य अगाडि बढाएको भन्दै सेनाले निर्माण कार्य रोक्न भनेपछि उक्त कार्यले विवादको रुप लिएको छ । अहिले नगरपालिका काम अगाडि बढाउने नबढाउने भन्ने विषयमा अलमलमा परेको स्रोतले जनाएको छ
 सो विषयलाई लिएर जिल्लाका राजीतिक दलहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् । कार्यालयमा उनीहरुको आईतबार सर्वदलीय बैंठक बसेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको बैंठकले निर्माण कार्यमा सहजीकरण गरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ ।

नगर सरकारको अगुवाईमा तानसेनको सौन्दर्यकरण र ऐतिहासिक मूलगेट अनि दरबार परिसरका ऐतिहासिक स्थलहरुको पुर्ननिर्माण गर्ने काम भइरहेको छ । दरवार क्षेत्रमा पाँच वटा फरक–फरक क्षेत्रबाट काम भईरहेको छ । जिल्ला प्रशासनदेखी शितलपाटीसम्म घरटहरा भएको क्षेत्रमा तानसेन नगरपालिकाले ढुङ्गा विछ्याउने र दरवार अगाडि सडकमा नाली बनाउने काम गरेको छ । दरवार संग्रहालय अगाडि आगनमा ढुङ्गा विछ्याउने काम पाल्पा दरवार संग्रहालयले शुरु गरे पनि महिनौ वित्दासम्म अलपत्र अवस्थामा रहेको छ ।

दरवार गेटदेखी जिल्ला प्रशासन कार्यालय तर्फको ५० मिटर ढुङ्गाको पर्खालको काम लुम्बिनी प्रदेश सरकार अन्र्तगत शहरी विकास तथा भवन डिभिजन कार्यालयले गर्दै आएको छ । दरवार गेटदेखी शितलपाटी तर्फको ७० मिटर ढुङ्गाको पर्खाल  शहरी विकास तथा संघीय कार्यान्वयन ईकाई भैरहवाबाट काम भईरहेको छ । दरवारको मुलढोकाको पुननिर्माणको काम  भने पुरातत्व विभागबाट भईरहेको छ । काम भए पनि पुरातात्विक शैलीलाई बिर्सेर काममा झारा टार्ने काम  भइरहेको स्थानीयको गुनासो छ । 


 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update