Shittalpati

तानसेन, रुपन्देहीको सैनामैना नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीका केही चर्तिकलाका तथ्यहरु बाहिर आएका छन् । उनले तानसेनमा सरकारी गाडि प्रयोग गरी जर्वरजस्त गरेका गतिविधिको भिडियो क्लिप्स बाहिरिएको हो ।

झण्डै तीन बर्ष तानसेन नगरपालिकाको प्रमुख प्रशाकिय अधिकृतको रुपमा रहेर काम गरिसकेका उनी हालै सैनामैना सरुवा भएका छन् । तानसेनमा रहँदा धेरै जसोका आलोचितका पात्रा बनेका ज्ञवालीले गत वैशाख १४ गते तानसेनको भगवतीटोलस्थित शिवालय मन्दिर नजिकै सरकारी गाडीको प्रयोगबाट गराएको दुर्घटनाको विषयका भिडियो क्लिपहरु शित्तलपाटी डटकमलाई प्राप्त भएका छन् । दिउँसो दुई बजेको समयमा ज्ञवाली आफैले अनियन्त्रित रुपमा गाडी चलाएको दुश्य भिडियोमा देख्न सकिन्छ । उनले चलाएको गाडी अनियन्त्रित भएपछि  घर अगाडि पार्किङ्ग गरी राखेको लु ९६ प ९६८३ नम्वरको स्कुटीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट उक्त स्कुटीमा क्षति पुग्न गएको दृश्य सिसि क्यामरामा देख्न सकिन्छ । उक्त घटना र अवस्थाबाट अत्तालिएका ज्ञवालीले क्षति भएको स्कुटी आफैले लिएर पिडितलाई तत्कालै नयाँ स्कुटी किनेर दिएका थिए । उनले चलाई रहेको गाडीमा तानसेन नगरपालिकाका  एक  शाखा प्रमुख समेत सवार रहेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । 

ज्ञवालीका पालामा तानसेन नगरपालिकाकाले गरेका हरेक काम विवादित हुँदै आएका थिए । तर अहिले उनी सरुवा भएर सेनामैना पुग्दा पनि तानसेन नगरपालिकाका कर्मचारी र केही जनप्रतिनिधीलाई राम्रैसँग प्रयोग गर्दै आएको स्रोतको दावा छ । उनी तानासेन बस्दा तानसेन नगरपालिकालाई मामा घर नै बनाएको धेरै आरोप छ । अहिले पनि केही महिनापछि तानसेन फर्केर आफ्ना विरोधीलाई तह लगाउने ध्याउन्नाले गर्दा सेनामैना भन्दा पनि उनी तानसेनकै लागि अधिक समय र शक्ति खर्चिने गरेको स्रोतले जनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update