Shittalpati
विपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

पाल्पा, काँंग्रेसको अवरोधका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट सोमबार चौथो पटक विश्वासको मत लिएका हुन् ।

 प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत बैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो । प्रधानमन्त्री प्रचण्डले विपक्षीले संसद अवरुद्ध गरेको भन्दै यसको मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।

नेपाली काँंग्रेसले प्रतिपक्ष दललाई पेलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत लिएकोप्रति आपत्ति जनाएको छ । संसदीय छानबिन समिति गठन गरेर सदन चलाउन आग्रह गर्दागर्दै पनि प्रधानमन्त्रीले आजै  विश्वासको मत लिनपर्ने कारण नरहेको काँग्रेसको ठहर छ । संसदीय इतिहासमा अनौठो नजिर स्थापित भएको काँग्रेसले जनाएको छ ।

 


 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update