Shittalpati
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार

पाल्पा, आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहेकी रिव्दीकोट गाउँपालिका–२ लघुवाकी विष्णु कुमारी नेपाल अहिले आँखा देख्ने भएकी छन् । नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेसन गरेपछि उनले आँखा देख्न थालेकी हुन् । ‘मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो, गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले नि:शुल्क अप्रेसन गरिदिएकाले अब दुबै आँखाले देख्ने भएकी छु’ नेपालले भनिन् । आँखाको ज्योति फर्किएपछि उनी दंग छिन् । ‘अर्को जन्म पाएजस्तो भएको छ,’ खुसी हुँदै उनले भनिन् ‘फेरी आँखा देखिन्छ भनेर सोचेको थिइन् । संसार देख्न पाउँदा सारै खुसी लागेको छ ।’ लघुवाकै केशवराज नेपालले पनि निःशुल्क रुपमा मोतियाविन्दुको अप्रेसन गरी आँखा देख्ने भएकोमा जीवनमा धेरै खुसी थपिएको बताए । उनीहरु जस्तै १ सय ३९ जना जेष्ठ नागरिकको शल्यक्रिया गरेपछि आँखाको ज्योति फर्किएको छ ।

यहाँको रिब्दीकोट गाउँपालिकाले वडा वडामा पुगेर शिविरमार्फत मोतियाविन्दुको अप्रेसन गर्दै आएको छ । निःशुल्क रुपमा अप्रेस हुन थालेपछि यहाँका नागरिक समेत उत्साहित हुँदै स्वास्थ्यचौकी पुग्ने गरेका छन् । कुसुमखोला स्वाथ्यचौकी भित्र एक हातले लौरो टेकेका, छोरा छोरी आफन्तको सहारामा हिडेका, आँखामा चश्मा लगाएका बृद्ध बृद्धाहरुको भिड नै देखिन्थ्यो । कोही कुर्चीमा बसेका थिए, कोही लौरो टेक्दै छोरा छोरी तथा आफन्तको साथमा स्वास्थ्य चौकिमा आउँदै थिए । जम्मा भएका वृद्धवृद्धाहरु एक आपसमा गफ गर्दै थिए, अब त फेरी संसार देखिने भयो ।

स्वास्थ्य चौकीमा आएका वृद्ध वृद्धाहरु कोही पालो कुर्दै थिए । कोही ब्लड प्रेसर चेक जाँच गर्दै थिए, कोही ल्याव टेष्ट गर्दै थिए । उपस्थित भएका वृद्धवृद्धाहरु अव फेरी नयाँ जीवन पाईने भयो, लुकेको संसार हेर्न पाईने भो भनेर खुसी देखिन्थे । रिब्दीकोट गाउँपालिकाले पालिका भरीका वृद्धवृद्धाहरुलाई संसार देखाउने काम गरेको छ । पालिका भित्र मोतियाविन्दु कारण आखाँ नदेख्ने सबै नागरिकहरुलाई पालिकाले आखाँ देख्ने बनाएको छ । गाउँपालिकाले नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आखाँ अस्पतालको सहकार्यमा पालिकाभरीका जेष्ठ नागरिकहरुलाई संसार देखाउने काम गरेको हो । गाउँपालिकाले सबै वडाका बस्ती–बस्ती टोल–टोलमा पुगी आँखा शिविर सञ्चालन गरेर मोतियाविन्दु रोग लागेका सबै विरामीहरुलाई  दुई दिने शिविरमार्फत निःशुल्क रुपमा अप्रेसन गरी गुमेको आखाँको ज्योती पुन फर्काएर संसार देख्ने बनाएको हो । ‘गाउँपालिकाका जनतालाई हाम्रो साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूूति दिलाउने हो, सोही अनुसार म बनाउछु मेरो रिब्दीकोट अभियान अन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पतालसँग सहकार्यबाट एउटै अभियानमा ५ हजार २ सय भन्दा बढी नागरिकहरुको आखाँ जाँच गरेर उनीहरुलाई आवश्यकता अनुसारको उपचार गरेको छौं  १ सय ३९ जनाको निःशुल्क अपे्रसन गरिएको छ’ पालिका अध्यक्ष नारायण बहादुर कार्कीले भने । पालिकाले आँखा अप्रेसन गर्ने जेष्ठ नागरिक तथा विरामी कुरुवालाई घर–घरबाट ल्याउने लैजाने, खान बस्नको निःशुल्क व्यबस्था गरेको र छुटेका अप्रेसन गर्नुपर्ने आखाँका विरामीहरुलाई तानसेन तथा भैरहवा पठाउने व्यवस्था समेत रहेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताईन ।

जनहितको लागि पालिकाको यो निकै महत्वपूर्ण काम हो । आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्छ भनि संविधानको मूूल भावना अनुसार एकै पटक पालिका भरीका ५२ सय व्यक्तिले आँखाको उपचार सेवा पाएका हुन । अभियानले नागरिकहरुलाई स्थानीय सरकार भएको अनुभुती भएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । पालिकाभरीका जनतालाई  आँखा देख्ने बनाउन, सबैलाई संसार देख्ने बनाउन सिङ्गो पालिकादेखी सबै वडाका स्वास्थ्यकर्मी, महिला स्वयमसेविका निरन्तर दुई महिनादेखी गाउँघरमा खटियौ, सबैका घर–घरमा पुग्यौ र आज आँखा नदेख्ने १३९ जनाको शल्यक्रिया गरेर आँखा देख्ने बनाउन सफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । 

अप्रेसन गरेका सबै नागरिकहरु मन मस्तिष्कसम्म खुसी बनाउन एक÷एक वटा ओढ्ने बलाङ्केट समेत प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यवस्थापक सन्तोष दर्जीले आँखाको शल्यक्रिया गरेपछि नियमित हेरचाह तथा नियमित आई ड्रप लगाउने, धुलो धुवामा नजाने जस्ता काम गरेमा लामो समयसम्म आँखा देख्न सकिने बताए । म बनाउछु मेरो रिव्दीकोट अन्तर्गत नवयुवा बचत समुह खस्यौलीले शल्यक्रियाको लागी आएका विरामी, आफन्त तथा कुरुवा, चिकित्सक, नर्सहरुको सहयोगको लागी निशुल्क रुपमा खानेपानी, जुस खाजा, खानाको व्यबस्थापन गरेको थियो । म बनाउछु रिब्दीकोट कार्यक्रम अन्र्तगत पालिकाले समय–समयमा विविध किसिमका स्वास्थ्य शिविर, नियमित रुपमा सरसफाई कार्यक्रम, प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रुपमा थरि–थरीका विशेषज्ञ उपचार सेवा, श्रमिकहरुलाई सम्मान, कपडा बैक सञ्चालन जस्ता जनताको मन छुने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले निकै राम्रो अभियान ल्याएको छ, पालिका भरीका आखाँ नदेख्नेले आखाँ देख्न पाएका छन्, जेष्ठ नागरिकलाई आँखाको अप्रेसनसँगै उपहारको रुपमा बलाङकेट बाडेर बृद्धबृद्धाहरुको मन जितेको कुसुमखोलाका मेघराज आचार्यले बताए ।अप्रेसन गरेका सबै नागरिकहरु मन मस्तिष्कसम्म खुसी बनाउन एक/एक वटा ओढ्ने बलाङ्केट समेत प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यवस्थापक सन्तोष दर्जीले आँखाको शल्यक्रिया गरेपछि नियमित हेरचाह तथा नियमित आई ड्रप लगाउने, धुलो धुवामा नजाने जस्ता काम गरेमा लामो समयसम्म आँखा देख्न सकिने बताए । म बनाउछु मेरो रिव्दीकोट अन्तर्गत नवयुवा बचत समुह खस्यौलीले शल्यक्रियाको लागी आएका विरामी, आफन्त तथा कुरुवा, चिकित्सक, नर्सहरुको सहयोगको लागी निशुल्क रुपमा खानेपानी, जुस खाजा, खानाको व्यबस्थापन गरेको थियो ।

म बनाउछु रिब्दीकोट कार्यक्रम अन्र्तगत पालिकाले समय–समयमा विविध किसिमका स्वास्थ्य शिविर, नियमित रुपमा सरसफाई कार्यक्रम, प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रुपमा थरि–थरीका विशेषज्ञ उपचार सेवा, श्रमिकहरुलाई सम्मान, कपडा बैक सञ्चालन जस्ता जनताको मन छुने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले निकै राम्रो अभियान ल्याएको छ, पालिका भरीका आखाँ नदेख्नेले आखाँ देख्न पाएका छन्, जेष्ठ नागरिकलाई आँखाको अप्रेसनसँगै उपहारको रुपमा बलाङकेट बाडेर बृद्धबृद्धाहरुको मन जितेको कुसुमखोलाका मेघराज आचार्यले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update