Shittalpati
 म भक्त देवको

राजन आचार्य

हवा छ स्वच्छ मन्दमा, छ स्वच्छ तेज गण्डकी
बनेर कृष्ण देवता, लिएर पद्म कुण्डली ।
छ भक्ति एक भक्तमा, गरे म पुष्प अर्पण
म भक्त बिष्णु देवको, गरे म चित्त अर्पन ।।

म बस्छु भोक भोकनै, लिएर व्रत साधना
जहाँ छ बास देवको, म हुन्छु हेर सामना ।
बनेर देव पुष्पझै, सुगन्ध तिमी छर्कनु,
म लाग्छु देव मार्गमा, ल द्वारपाल पर्खनु ।।

गरे म भक्त प्रेमको ,पुकार देव भावमा
छ एक आश देवमा ,नपार्नु है निराशमा ।
अनेक भोग लाउनै ,परे यसै म देवमा
म भोग दिन्छु आफनै ,छिनेर माथ देवमा ।।
         
    

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update