Shittalpati
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो ।

 नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनको कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । पक्रेर लैजाँदै गर्दा उनका समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए । कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको सरोकारवाला पक्षहरूले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update