बिचन्द्र रायमाझी "मुस्कान "
तिम्ले शान्ति गरेको देशमा ,
तिम्ले क्रान्ति गरेको देशमा ,
हत्या हिंसा दिनहुँ बढेको छ,
अशान्तिको जग गढेको छ।
"भन बुद्ध तिमी कहाँ छौ?"
आज तिम्रै कारण देश नेपाल चिनिएको छ,
तिम्रो अर्ति उपदेश सारा किनिएको छ,
तर तिमी जन्मेको देशका मनुष्यले गर्दा आज,
तिम्रो अर्ति उपदेश मासिएको छ।
"भन बुद्ध तिमी कहाँ छौ?"
शान्तिको जग बसाउने,
आफू रोइ रोइ सारा हसाउने,
शान्तिका खातिर कम्मर कसाउने,
शान्त रहनुपर्छ भन्ने ज्ञान मन मष्तिस्कमा पसाउने।
तिमी जन्मिएको माटोमा ,
दलाली र भ्रष्टाचारि जन्मिए ,
अपराधी र अत्याचारी जन्मिए,
अहँ तर पनि बुद्ध तिमी किन जन्मिएनौ?
"भन बुद्ध तिमी कहाँ छौ?"