पाल्पा, नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो ।
जेठ ११ र १२ गते हुन लागेको अधिवेशनको उद्घाटन गर्न पार्टीका महासचिव शंकर पोख्रेलसहितका केन्द्रीय नेताहरु आउने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी गराए । उनले पाल्पा कम्युनिष्ठ आन्दोलनको इतिहासमै महत्वपूर्ण रहेको भन्दै जिल्ला अधिवेशन समेत ऐतिहासिक बन्ने बताए । अध्यक्ष घिमिरेले मुलुकका हरेक परिवर्तनहरुमा एमालेले महत्वपूूर्ण भूमिका निर्वाह गरेको समेत उल्लेख गरे । भोलीदेखि तानसेन नगरपालिकाको हलमा हुने अधिवेशनका लागि जिल्ला प्रतिनिधिहरु तानसेन आउने क्रम बढेको छ । यस अघि पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि विशेष कारणवस नआउने भएका छन् ।