Shittalpati
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल

 पाल्पा, नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।

उनले भने,‘एमाले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैन्, वर्तमान सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म निरन्तरता दिने पक्षमा हामी छौं ।’ विगतमा कम्युनिष्ट एकता बचाउन नसक्नु गम्भीर त्रुटी भएको बताउँदै महासचिव पोखरेलले एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता र बलियो कम्युनिष्ट शक्ति निर्माण नै रहेको बताए ।  काँग्रेस नेतृत्वको गठबन्धले मुलुकलाई बरवादीको दिशातर्फ लगिरहेको अवस्थामा परिवर्तन गर्नको लागि एमालेले सबै कुरा छोडेर नयाँ सत्ता समिकरण निर्माण गरेको उनको भनाई छ । महासचिव पोखरेलले भने‘ अहिले एमालेले प्रधानमन्त्री पनि मागेको छैन् महत्वपूूर्ण मन्त्रालयमा  पनि दावी गरेको छैन्, ठूूला–ठूूला पदहरु छोडेर सत्तामा मात्रै बसेको छ भन्ने लागेको छ होला तर एमालेको मिसन गठबन्धनलाई निरन्तरता दिर्दै ०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउने रहेको छ ।’

उनले देश विकासका लागि दुरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको अवस्थामा एमालेसँग बलियो दुरदर्शी नेतृत्व भएकाले आगामी ८४ को लागि एमाले सोही तयारीका साथ अगाडि बढेको बताए ।  ठूला पार्टीका नेता तथा कार्यकर्ताहरु जनतामाझ आफ्ना निति, कार्यक्रम र योजना लिएर नजाँदा  अहिले अराजकताको भिडमा जनता जान बाध्य समेत  महासचिव पोखरेलले बताए । देशको राजनीतिक अस्थिरताको फाईदा उठाउँदै देशको मौलिक तथा सांस्कृतिक आधार माथि  बाह्य पक्षबाट निरन्तर प्रहार गरी राष्ट्रियता कमजोर पार्ने खेल भईरहेकाले यसलाई चिर्न बलियो राजनीतिक शक्ति स्थापित गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

महासचिव पोखरेलले तत्काल एमाले र माओवादी पार्टी एकिकरण हुने होकी भन्ने सोच्नु भएको छ भने अहिले हतारमा पार्टी एकिकरण नहुने स्पष्ट पारे । उनले भने ‘विगतको अनुभव र एकताले माथिबाट नेताहरु मिलेर मात्र पार्टी एकता सफल हुँदैन, तलबाट कार्यकर्ताहरुदेखी निती विचार सबै मिलेर गरेको एकता मात्र दिगो हुने भएकाले तत्कालै पाटी एकता हुँदैन ।’

कार्यक्रममा नेकपा एमालेका सचिव पद्यमा अर्यालले भाषण नभई कार्यकर्ताको आय आर्जनसँग जोडेर पार्टीको निती, कार्यक्रम योजना बनाएर ग्रामीणस्तरसम्म काम गर्नु पर्नेमा जोड दिईन । अहिले केन्द्रमा  देखिएको सहकारी विवादमा नेपाली काँग्रेसले बखेडा मात्र झिकेको र समस्याग्रस्त देशभरीका सहकारीको छानविन गर्न काँग्रेस तयार नभएको र काँग्रेसले भनेको मात्रै सहकारीहरु छान्ने काम राजनीतिक बैमानी हुने सचिव अर्यालले बताईन् ।

एमाले पोलिटिव्युरो सदस्यहरु, ठाकुर गैरे, बैजनाथ चौधरी, एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेल लगायतले नेकपा एमाले विना मुलकमा  विकास तथा सम्बृद्धि आउन नसक्ने दावी गरे । अधिवेशनले पाल्पा जिल्लाका पहिलो सचिव झपेन्द्र बहादुर जि.सी. दोस्रो सचिव दलबहादुर रानालाई सम्मान गरेको छ । यसैगरी जाजरकोट भुकम्पको उद्धारमा खटिएका पार्टी उपाध्यक्ष देवीलाल लामिछाने,  निवर्तमान अध्यक्ष नारायण आचार्य सहित १३ जनालाई पनि सम्मान गरेको छ ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । अध्यक्ष पदमा वर्तमान सचिव रामजी पोखरेल र पूूर्व सचिव ओमबहादुर घर्ति बिच प्रतिष्प्रर्धा देखिएको छ । सचिवमा विमल काफ्ले र दिपक विश्वकर्मा प्रतिष्प्रर्धामा रहेका छन् । पार्टी नेतृत्व भने सहमतिमा नेतृत्व चयन हुने कसरतमा जुटेको छ । अधिवेशनको खुलाशत्र जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, उपाध्यक्ष देवीलाल लामिछानेको स्वागत र सचिव रामजी पोखरेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update