Shittalpati
व्यवस्था फेरिए पनि अवस्था उस्तै

पाल्पा, २०६५ जेठ १५ गते देशमा गणतन्त्र आउँदा रिब्दीकोटका बाले विक आरानमा फलाम थिच्दै थिए । फलामका औजार बनाउने पुर्खयौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवानमा उनी पनि गणतन्त्र ल्याउन भन्दै गाउँलेहरुसँगै आन्दोलनमा होमिएका थिए । पछि देशमा गणतन्त्र आएको सुने । गणतन्त्र आएपछि देश र जनताको अवस्था फेरिने उनले सुनेका थिए । तर विकले सुनेको कुरा कहिल्यै साँचो लागेन । अहिले पनि उनी त्यही पूर्खौली पेशा गर्दै आएका छन् । बगनासकाली घोरबन्दाका ५८ वर्षीय माने कुमाल पनि गणतन्त्र घोषणा हुँदा बारी जोत्दै थिए । घरमा आएपछि देशमा गणतन्त्र आएको उनले सुने । गणतन्त्र आएपछि जीवन बदलिने सोचेका उनी अहिलेसम्म पनि त्यही हलो जोतेरै जीवन चलाउदै आएका छन् । ‘न हाम्रो काम फेरियो, न त हाम्रो स्थिति फेरियो,’ उनले भने, ‘जस्तो हाम्रो पुर्खाको अवस्था थियो, हाम्रो पनि त्यस्तै रह्यो ।’ खेती किसानीमा मल तथा विउबिजनको समस्या पहिले पनि उस्तै रहेको र अहिले पनि उस्तै रहेको कुमालले सुनाए ।’ पैसा भए केही सजिलो हुने रहेछ,’ उनले भने, ‘नभए जुन व्यवस्था आए पनि जनताको पीडा उस्तै हुँदो रहेछ ।’

उनीहरुसँगै धेरैले व्यवस्था परिवर्तनले जीवनमा खासै प्रभाव नपारेको बताउँछन् । मुलुकमा गणतन्त्र आएको १६ वर्ष पूरा भएको छ । तर, जनताको लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र घोषणा हुँदा गर्दा जुन खालको उत्साह थियो, त्यसपछिको राजनीतिक खिचातानी जनतालाई निरुत्साहित बनाउने किसिमको छ । गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो पक्रन सकेको छैन, जसले गर्दा आमजनताको जीवनशैली बदलिएन । त्यसैकारण पनि जनतामा उतिबेला देखिएको आशा र उत्साह निराशामा बदलिएको हो । दसवर्षे जनयुद्धको जगमा तत्कालीन सात दल र नेकपा माओवादीले २०६२/६३ मा गरेको उन्नाइसदिने संयुक्त जनआन्दोलनपछि नेपालबाट राजसंस्थाको उन्मूलन भयो । २०६५ जेठ १५ गते नेपाललाई संघीय राज्य गणतन्त्रको घोषणा गरिएको थियो । गणतन्त्र आएको आज १७ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । तर, जनताको लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र घोषणा हुँदा/गर्दा जुन खालको उत्साह थियो, त्यसपछिको राजनीतिक खिचातानी जनतालाई निरुत्साहित बनाउने किसिमको छ । गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो पक्रन सकेको छैन, जसले गर्दा आमजनताको जीवनशैली बदलिएन ।

त्यसैकारण पनि जनतामा उतिबेला देखिएको आशा र उत्साह निराशामा बदलिएको हो । दशवर्षे जनयुद्धको जगमा तत्कालीन सात दल र नेकपा माओवादीले २०६२/६३ मा गरेको उन्नाइसदिने संयुक्त जनआन्दोलनपछि नेपालबाट राजसंस्थाको उन्मूलन भयो । २०६५ जेठ १५ गते नेपाललाई संघीय राज्य गणतन्त्रको घोषणा गरिएको थियो । गणतन्त्र आएको आज १७ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । तर जनतामा धेरै आशा जगाएर आएको गणतन्त्रले तिनै जनताका लागि सोचेजस्तो परिवर्तन ल्याउन भने सकेको छैन । गणतन्त्रपछि जनता बोल्न र लेख्न स्वतन्त्र भए पनि अन्य कुनै कुरामा परिवर्तन भएको महसुस गर्न सकेका छैनन् । व्यवस्थासँगै शासनशैली परिवर्तन हुन सकेको भए साँच्चै जनताले परिवर्तनको अनुभूति गर्न सक्ने थिए । तर त्यसो हुन सकेन । गणतन्त्रपछि धेरैथरी सरकार बने तर कुनै सरकारले पनि गणतन्त्रको झल्को दिने गरी काम गर्न सकेन । जनताले उल्टै राजा र राष्ट्रपतिको बीचमा भिन्नता के हो भनेर बारम्बार प्रश्न तेर्साउनुपर्ने अवस्था आइरह्यो । गणतन्त्रको परिभाषालाई नै परिमार्जिन गर्नुपर्ने हो कि भन्नेसम्मको अवस्था देखिएको छ । समग्र मुलुकको विकास र जनताको आर्थिकस्तर उकास्ने भन्दा नेताहरु आफ्नै स्वार्थमा केन्द्रीत भएको अनुभूत जनताले गरिरहेका छन् ।  १२ वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान नै छ । तर गणतन्त्र स्थापनाका १६ वर्ष बित्दा समेत जनताको अवस्थामा परिवर्तन आउन सकेन ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update