कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौं,कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा शनिबार कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए । नयाँ संक्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् । केहीबेरअघि बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा संक्रमण देखिएको थियो । तीन जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ सय ७६ पुगेको छ । हिजो शुक्रबार मात्र १८ संक्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रासस
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्