Shittalpati
पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, लुम्बिनीलाई ‘बर्थिङ’ हब बनाइने

पाल्पा, सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै  पर्यटन क्षेत्रमा सो बजेट विनियोजन गरेको बताएका हुन् ।

अर्थमन्त्रीले बजेटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बर्थिङ हब बनाइने घोषणा समेत गरेका छन् । लुम्बिनीमा बच्चा जन्माउन चाहाने विदेशी गर्भवती महिलाहरुका लागि बर्थिङ हबका रुपमा प्रवद्र्धन गरिने उनले बजेट प्रस्तुत गर्ने क्रममा जानकारी दिए ।

अर्थमन्त्रीले  लुम्बिनीसँगै नेपालमा वैवाहिक डेस्टिनेशन निर्माणका लागि जनकपुरलाई वेडिङ हब बनाइने पनि घोषणा गरे । त्यस्तै चुरेदेखि हिमालसम्मका प्रमुख पर्यटकीय गन्तव्यमा इकोहिल स्टेशन निर्माण गरिने उनले बताए । त्यस्तै ग्रेट हिमालयन ट्रेल, मुन्दुम ट्रेल, गुरिल्ला ट्रेललगायतका पूर्वाधार निर्माण गरिने अर्थमन्त्री पुनको भनाइ छ । त्यतिमात्र होइन, पर्यटकीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्ने बताए । त्यस्तै मे २९ लाई सगरमाथा दिवस मनाइने र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा लाग्ने स्वदेशी तथा विदेशी नागरिकलाई सम्मान गर्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update