Shittalpati
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।

हालै केन्द्रिय कार्यालयबाट पठाएको पत्रकारहरुको शुद्धिकरणको नाम लिष्टले जिल्लामा विवाद बढाएको, न्योचित नभएको, कयौ पत्रकारहरु नाम लिष्टमा नपरेकाले कार्य सिफारिस गरेका ७१ जना पत्रकारहरुको नाम लिष्ट कायम गरिदिन शाखाले लिखित रुपमा अनुरोध गरेको छ । जिल्लाको बस्तुस्थितिको बारेमा जिल्ला शाखा नै भुक्तभोगी रहेको अवस्थामा शुद्धिकरणको अवस्था अनुसार पाल्पा कार्यसमितिको असार ५ गतेको बैठकले ९६ पत्रकार सदस्यहरुबाट ७१ जनाको नाम लिष्ट प्रदेश तथा केन्द्रमा सिफारिस गरेको थियो ।

पत्रकार महासंघ पाल्पाको २०८१ साल जेठ १५ गते बसेको कार्यसमितिको बैठकले  विगतमा सिफारिस गरेको ७१ जनाको सदस्यता कायम राख्न केन्द्रिय महासंघलाई आग्रह गरेको छ । यस्तै महासंघ पाल्पा शाखाले एक विज्ञप्ती जारी गर्दै हालै केन्द्रिय महासंघले जारी गरेको शुद्धिकरणको नाम लिष्टमा धेरै पत्रकारहरुको नाम छुटेकाले जिल्ला कार्यसमितिले सिफारिस गरेको नामावली कायम राख्न जोडदार माग गरेको  शाखाका अध्यक्ष रेखीराम रानाले बताए । केन्द्रले पठाएको शुद्धिकरणको नामावली अनुसार शाखाको दैनिक कामकाज गर्न अफठ्यारो परेको र भविष्यमा हुने महाधिवेशन गर्न समेत कठिनाई रहेकाले महासंघ केन्द्रलाई शाखाले गरेको सिफारिसलाई कायम गर्न आग्रह गरेको सचिव यज्ञमुर्ति तिमिल्सीनाले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update