Shittalpati
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै)

पाल्पा, गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

 
मृत्यु हुनेमा भार्सेकी ३० वर्षीया कमला बूढाथोकी रहेको कालीगण्डकी गाउँपालिकाका  सूचना अधिकृत ऋषि रानाले जानकारी दिए । बूढाथोकीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा जिपमा सवार १० जना मध्ये ९ जना घाइते भएका छन् । उनीहरुको उद्दार गरी उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याइएको रानाले बताए । के कति कारणले जिप दुर्घटना भएको भन्ने विषयमा  थप अनुसन्धान भइरहेको बताइएको  छ ।    

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update