Shittalpati
राष्ट्र बैंकले गर्‍यो दुई भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का

काठमाडौं, नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक यी दुई संस्थाबाट भइरहेको कारोबारहरु नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको भन्दै खाता बन्द गरिएको जनाइएको छ । राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update