Shittalpati
आज विश्व वातावरण दिवस

सीमा भट्टराई
पाल्पा, आज विश्व वातावरण दिवस । ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय’  भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

मानव जीवनकालागि स्वच्छ र हरियाली वातावरणको महत्वलाई उजागर गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ बाट विश्वव्यापी रुपमा वातावरण दिवस मनाउन थालिएको हो । वातारणको संरक्षण र सम्बद्र्धन सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्वभर मनाईदैछ । बढ्दो वन विनासले निम्त्याएको वातावरणीय समस्या समाधान तथा पृथ्वीको तापमान वृद्धिलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा नै सिंगो मानव जातीको हित हुने कुरामा दिवसले जोड दिएको छ । दिवसका अवसरमा वायुमण्डललाई हानी पर्‍याउने कार्बन ग्यासको बढ्दो उत्पादन घटाउने, वृक्षारोपण गर्ने, हरितगृह प्रभाव कम गर्ने, वैकल्पिक ऊर्जाकालागि सौर्य उर्जाको प्रयोग बढाउने लगायतका काममा सबैलाई जुट्न विज्ञहरुले आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेको छ । सोही अनुरुप नै नेपालमा पनि यो दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update