Shittalpati
उच्च मूल्यबाट ५ सय घट्यो सुन

पाल्पा, उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ ।

मंगलबार १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो भने सो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । मंगलबर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८ सय २५ रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update