Shittalpati
पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा लोडर पल्टिँदा सहचालकको मृत्यु भएको छ । विहीबार दिउँसो सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर खोलामा पल्टिँन जाँदा सहचालक बर्दिया बागडोरी गाउँपालिका–६ का  २६ वर्षीय कमल चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौराह अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा चालक कैलाली घोडाघोडी गाउँपालिका– २ का ३० वर्षीय समिर चौधरी घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
लोडर बे्रक फेल भई सडकबाट अन्दाजी २० मिटर तल खोलामा खस्न पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update