Shittalpati
मिसन हस्पिटलमा नाक, कान र घाँटीको उपचार सेवा सुुरु

तानसेन, तानसेनस्थित युनाइटेड मिसन हस्पिटलमा विशेषज्ञसहितको नाक, कान र घाँटी (ईएनटी) को उपचार सेवा सुुरु भएको छ । २०११ मा स्थापना भएको हस्पिटलले अन्य उपचारका सेवाहरु दिर्दै आए पनि विहीबारदेखि औपचारिक रुपमा ईएनटीको उपचार सेवा सुुरु गरेको हो ।

सुुविधा सम्पन्न भौतिक संरचना र विशेषज्ञ चिकित्सकसहितको ईएनटी सेवा दिन थालिएको हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले बताए । उनले भने ‘१० दिन अघिदेखि नै ईएनटी सेवाको आन्तरिक काम हुँदै आए पनि हामीले विहीबारदेखि औपचारिक रुपमै सेवाको प्रारम्भ गरेका हौं ।’ अब हस्पिटल आउने विरामीहरुले नाक, कान, मुख र घाँटीको छुुट्टै जाँच गराउन चाहेमा सिधै उपचार सेवा पाउने अधिकृत भट्टराईले बताए ।   

सेवाको विहीबार तानसेन नगरपालिका– १ का वडा अध्यक्ष सुुनिल बस्याल र हस्पिटलकी निर्देशक  डा. रचेल कारखले संयुक्त रुपमा सेवाको शुुभारम्भ गरेका हुन् । सेवाको शुुभारम्भ गर्दै प्रमुुख अतिथि तथा वडा अध्यक्ष बस्यालले हस्पिटलले ईएनटी सेवा दिन थालेकोमा  खुसी व्यक्त गरे । उनले यस क्षेत्रमा प्रभावकारी ईएनटी सेवा नहुँदा विरामीहरु बाहिर गएर ठूला र महँगा अस्पतालमा उपचार गराउनुुपर्ने बाध्यता रहेकोमा यसले अन्त्य गर्नेमा विश्वास लिए । लामो इतिहास बोकेको मिसन अस्पतालले दिर्दै आएको सेवा अत्यन्त प्रभावकारी र भरपर्दो रहेको उल्लेख गर्दै अध्यक्ष बस्यालले आगामी दिनमा समेत सबै प्रकारका विरामीहरुको उपचारका लागि थप नयाँ–नयाँ सेवाहरु दिन हस्पिटललाई आग्रह गरे । हस्पिटलकी निर्देशक  डा.रचेल कारखले विरामीहरुको सेवालाई मध्यनजर गर्दै सेवाहरु थप गर्दै लगिएको बताईन् । उनले आगामी दिनमा अन्य सेवाहरु थप्दै जाने समेत उल्लेख गरिन् । सेवा शुुभारम्भकै पहिलो दिन रम्भा गाउँपालिका –५ की खिमिसरा दर्लामीले पहिलो विरामीको रुपमा कानको उपचारको सेवा लिएकी छन् । हस्पिटलमा सुरु भएको नाक–कान–मुख र घाँटीको सेवामा आफू पहिलो विरामी हुन पाएकोमा आफुुलाई अत्यन्त खुसी लागेको दर्लामीले बताईन् ।

कार्यक्रममा भूूषालडाँडा टोलविकास संस्थाका अध्यक्ष जयराम सापकोटाले ढिलै भए पनि हस्पिटलले ईएनटीको उपचार सेवा सुुरु गरेकोमा खुुुुसी व्यक्त गर्दै सेवालाई चुस्त र प्रभावकारी बनाएर लैजान आग्रह गरे । नाक, कान, मुख र घाँटीको उपचार सेवामा  कुनै कमी नहुन दिन र विरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने कुरामा हस्पिटललाई सफलता मिल्ने हस्पिटलका नरसिंह सुपरभाइजर गंगा जिरेलले विश्वास व्यक्त गरिन् । ईएनटी डा. अशोक अर्यालले आफू विरामीको सेवामा २४ सैं घण्टा सर्मपित भएर लाग्ने बताए ।

कार्यक्रममा कर्मचारी प्रबन्धक गणेश घिमिरे, कर्मचारी युनियनका अध्यक्ष झविलाल पाण्डे, विभिन्न विभागका इन्चार्ज र कर्मचारीहरुको समेत सहभागीता रहेको थियो । हस्पिटलका सुपरिटेण्डेन्ट वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. तुलबहादुर पुनःको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update