Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु 

पाल्पा, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङ, तनहुँ, मोरङमा छुट्टाछुुट्टै सवारी दुुर्घटनामा  तीन जनाको मृत्युु भएको हो ।

तनहुँको ब्यास नगरपालिका–१ तालघारेस्थित सडकमा कुटरको ठक्करबाट पैदलयात्री ज्यान गएको छ ।  हाल अल्फावेट नखुलेको ७८८१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री नाम, थर नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । फरार स्कुटर चालकको  प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै धादिङको थाक्रे गाउँपालिका–७ आठकिल्लास्थित सडकमा बसको ठक्करबाट अर्का पैदलयात्रीको  मृत्युु भएको छ । ग.१ ख ९८६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सुदेश सुनुवारको  मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको साईबाबा सामुदायिक अस्पताल थाक्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा कारको ठक्करबाट साइकलयात्रीको मृत्युु भएको छ । मे. १ च ३३६६ नम्बरको कारको ठक्करबाट साइकलयात्री पथरीशनिश्चरे नगरपालिका–५ मैनखाडी बस्ने ७० वर्षीय बन्दु चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।  कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update