Shittalpati
तिनाउ खोलामा डुबेर एकको मृत्यु

पाल्पा, तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  तिनाउ गाउँपालिका –३ झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको हो ।

शनिबार विहान साथीहरुसँगै खोलामा नुहाउन पुगेका भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको  खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोलामा डुबेर गम्भीर घाइते भएका अहमदलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । उनीसँगै आएका २ जना साथीहरुले खोलाबाट उद्दार गरेर अहमदलाई अस्पताल पु¥याएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update