Shittalpati
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै

पाल्पा, आज १२ औं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका २०७० देखि यो दिवस  मनाउन थालिएको हो ।

हरेक वर्ष जेठ २७ गतेलाई राष्ट्रिय कृषक दिवसको रुपमा मनाउने गरिएको छ । दिवसका दिन औपचारिक कार्यक्रमका साथ उत्कृष्ट कृषकहरूलाई पुरस्कार तथा सम्मान गर्ने  गरिन्छ । जीवन रक्षात्मक उत्पादनमूलक काममा लागेका कृषकलाई सम्मान गरी दिवस मनाउन राष्ट्रिय कृषक महासंघ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले विनम्र अनुरोध गरेको छ ।

कृषि पेसालाई प्रवद्र्धन गर्दै, निर्वासमुखी कृषिबाट ब्यवसायिक कृषिको यात्रालाई पैरवी गर्न नेपालमा यस दिवसको विशेष महत्व रहेको छ । आउदा पुस्ताहरुमा कृषिको महत्व र यसको आवश्यकता बुझाउन दिवसले महत्वपूर्ण भूमिका खेल्दछ । समयमा विउमल नपाइनु, सिँचाइको अभाव, उच्च मूल्यका कृषि वस्तुमा प्राथमिकता, जलवायु परिवर्तन लगायतका कारण नेपाली कृषकहरु समस्या पर्दै आएका छन् ।

मकै छर्ने, धानको बीउ राख्ने तथा तरकारीखेती गर्ने मौसमका बेला मल र बीउ अभाव हुँदा आफूहरू मारमा परेको कृषकहरूको गुनासो छ । सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेटमा कृषिसम्बन्धी विषय बुलन्द सुनिए पनि कार्यान्वयन भने प्रभावकारी कहिल्यै हुन सकेन । हरेक वर्ष खेती लगाउने समयमा कृषकले रासायनिक मलका लागि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update