Shittalpati
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्‍याउने

पाल्पा, तानसेनका अधिकाश तरकारी पसलहरुमा बुटवलको हाट बजार र भारतबाट तरकारी भित्रिने गरेको छ । बुटवल तथा भारतबाट भित्रिएको तरकारीमा नत विषादी परीक्षण गरिएको हुन्छ नत राम्रोसँग ग्रेडिङ नै भएको हुन्छ । उपभोक्ताले जहाँ सस्तो पायो त्यही किन्यो अनि पकायो खायो गर्ने बानीका कारण उपभोक्ताहरु विभिन्न प्राण घातक रोगबाट पिडित बन्दै गएका छन् । अस्वस्थ, विषादी भएका तरकारीहरु उपभोग गर्दा उपभोक्ताहरु समस्यामा पर्दै गएका बेला तानसेनको एक सहकारी संस्थाले भने घर–घर र विद्यालयमा ताजा, स्वच्छ तरकारी पुमिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा स्वच्छ तरकारी पुर्‍याउने प्रतिवद्धता जनाएको छ । यहाँको मिलनसार महिला उद्यमी कृषि सहकारी संस्थाले लेवलिङ गरेर, विषादीरहित ग्रेडिङ गरेको तरकारी तानसेनका उपभोक्ता तथा विद्यालय र घर घरमा  पुर्‍याउने प्रतिवद्धता गरेको हो ।

संस्थाले तानसेनका सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापकहरुसँग अन्तक्र्रिया गर्दै शिक्षकहरुको घरको भान्सादेखी विद्यालयको भान्सासम्म विषादीरहित ग्रेडिङ गरेको तरकारी  पुर्‍याउने प्रतिवद्धता जनाएको छ । सरकारले सबै विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । ठूला–ठूला विद्यालयहरुमा होस्टेलहरु सञ्चालन भइरहेका छन् । विद्यालयमा ताजा, हरियो तरकारी पुर्‍याउन, बजारमा भन्दा १५ देखी २० प्रतिशतसम्म कम मूल्यमा तरकारी उपलब्ध गराउने गरी मिलनसार सहकारी संस्थाबाट दैनिक ३ टनसम्म तरकारी बजारीकरण भइरहेको रेडाका बजार विकास अधिकृत निर्प परियारले बताए । कृषकहरुबाट सिधै सहकारीमा तरकारी आउने, सहकारीले होलाङ्दी थोक बजार केन्द्रमा ग्रेडिङ तथा पूर्ण रुपमा सरसफाई गरेर बजारमा राम्रो तरकारी पठाउँदा पनि अन्य पसलहरुमा भन्दा २० प्रतिशत सस्तो मुल्यमा बजार पठाउने गरेको रेडाका बजार विकास अधिकृत परियारले बताए ।

‘प्रत्येक उपभोक्तादेखी विद्यालयका बालबालिका सम्म हामी निकै संवेदनशिल र जिम्मेवार छौ, हामीले बजारमा पुर्‍याउने तरकारी संस्थाको लोगो र पहिचान सहित पठाउने अभियानमा लागेका छौ’ संस्थाकी अध्यक्ष कमला भण्डारीले भनिन् ‘ भोलिका दिनमा कहि कतैबाट गुनासा, सुझाव तथा लिनको लागि पनि सहज होस् भनेर बजारमा पठाउने तरकारीमा नेपाल सरकारबाट गुणस्तर चिन्ह प्राप्त गर्ने अभियानमा लागेका छौं ।’ कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले प्रत्येक छलफल, बैठक पढाईको गुणस्तरका विषय भए पनि संस्थाले दैनिक रुपमा प्रयोग हुने तरकारीको माध्यमबाट स्वास्थ्यमा पर्दै आएको असरका विषयमा जानकारी गराएर सबै पक्षलाई सोच्न बाध्य बनाएको बताए । सेन माध्यमिक विद्यालयका प्रधानाध्यापक भिमलाल बस्यालले विद्यालय विद्यालयमामा सहकारीले ताजा तरकारी पुर्‍याए पनि उपभोक्ताहरुको घर–घरमा पनि विषादीरहित तरकारीको व्यवस्थापन गर्न अन्य पक्षसँग सहकार्य गरेर वा बजारका तरकारी पसलहरुसँग सहकार्य गरेर ताजा तरकारी खुवाउन संस्थालाई सुझाव दिए । कार्यक्रममा सहभागी शिक्षिका पार्वती पौडेलले विद्यालयहरु जंग फुड निषेधित भए पनि विभिन्न माध्यमबाट हामीले दैनिक खाजा खानालाई पूर्ण रुपमा विषादीरहित बनाउन नसकेका बेला संस्थाले गर्न लागेको काम प्रसंशनिय रहेको बताई ।

तरकारी बजारलाई व्यस्थित, उपभोक्तालाई गुणस्तरीय स्वस्थ्य, ताजा तरकारीको लागि पाल्पा जिल्ला भित्र हेफर इन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडा र मिलनसार सहकारीको सहकार्यमा १ हजार ७ सय ६६ जना कृषकहरुसँग सहकार्य गरेर काम अगाडि बढाइएको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत मदन पौडेले जानकारी दिए । स्वस्थ्य, विषादीरहित तरकारी उत्पादनको लागि आवश्यक प्राविधिक ज्ञान, मल विउ विजनको लागि कृषकहरुका घर–घरमा कृषि प्राविधिकहरु परिचालन गर्दै आएको कार्यक्रम अधिकृत पौडेलको भनाई छ ।

संस्थासँग १ हजार ६ सय कृषकहरु आजद्ध रहेका छन् । उनीहरुले उत्पादन गरेको तरकारी नै संस्थाले विक्रि गर्दै आएको छ । कृषकहरुलाई जैविक रुपमा तरकारी उत्पादन गर्ने तरीकादेखी तरकारी बालीमा लाग्ने रोग किराका बारेमा जेटिए घर–घरमा पठाउने गरेको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताईन । सहकारीको होलाङ्दी थोक केन्द्रमा कृषकबाट आएको तरकारी, राम्रोसँग धोई पखाली ग्रेडिङ गरेर तानसेन बजारका विभिन्न तरकारी पसलहरुमा पठाउने गरेको र आगामी दिनमा लेवलिङसहित पहिचानयुक्त तरिकाबाट उपभोक्ताको भान्सासम्म पुर्‍याउने गरी तयारी भईरहेको रेडा पाल्पाका प्रशोधन केन्द्र प्रबन्धक संजितबहादुर कुवँरले जानकारी दिए ।

सहकारीले हेफर इन्टरनेशनलको सहयोगमा लुम्बिनी प्रदेशमा पहिलो पटक तरकारी धुने ग्रेडिङ गर्ने अत्याधुनिक मेसिन प्रयोग गर्दै आएको छ । संस्थाले उपभोक्ताको लागि प्रत्येक दिन विहान ७ बजे देखी बेलुका ८ बजेसम्म थोक तथा खुद्रा रुपमा होलाङ्दीबाट ताजा तरकारी विक्रि गर्दै आएको जनाएको छ । संस्थाले दैनिक १० टनसम्म तरकारीको कारोबार गर्ने लक्ष्य लिएको छ । स्वदेशी कृषकहरुलाई तरकारी खेतीमा प्रोत्साहन जगाउने, व्यवसायीकरण गर्ने, उत्पादनलाई बजारीकरण गर्ने, स्वच्छ स्वस्थ ताजा तरकारी उपभोक्तालाई पुर्‍याउने, कृषकलाई धनी बनाउने अभियानका साथ हेफर इन्टरनेशल, रेडा, तानसेन नगरपालिका लगायत जिल्लाका अन्य स्थानीय सरकारको सहकार्यमा सहकारीले काम गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update