Shittalpati
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम

गुल्मी, जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।

महिलाहरुलाई गत वर्ष तीन महिने तालिम समेत दिएको थियो । तालिम लिएर व्यवसाय सञ्चालनको तयारीमा रहेका उनीहरुलाई पुनः स्तरोन्नतिको तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।

एक महिने स्तरोन्नति तालिमको एक कार्यक्रमकाबिच समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गरे । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै उनले श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने धारणा व्यक्त गरे । अध्यक्ष थापाले भने ‘सिप सिकाउँदै महिलाहरुलाई आत्मनिर्भरसँगै स्वरोजगार बनाउन स्थानीय सरकारले सहयोग गर्दै आएको  छ ।’ तालिमले गरिवी न्यूनीकरणमा समेत टेवा पुुग्ने उनले विश्वास व्यक्त गरे ।

सहभागीहरुलाई सिकेको सिप व्यवसायमा रुपान्तरण गर्र्न प्रमुख प्रशासकिय अधिकृत नरेश गिरीले आग्रह गरे । उनले व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्नुुपर्नेमा जोड दिए । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमकी कार्यक्रम प्रमुख मीरा श्रीस बुढाले सिपको माध्यमबाट महिला तथा युवाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने कार्यमा कार्यक्रम प्रभावकारी बन्दै आएको बताईन् । उनले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरिएको बताउँदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्मनिर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । तालिमले सहभागीहरुलाई सिप र हौसला प्रदान गरेको प्रशिक्षक विष्णु परियारको भनाई छ । तालिमका सहभागीहरु नरमाया श्रीस, तारा वि.क. लगायतले आफुहरुका लागि गाउँपालिका अभिभावक बनेको भन्दै व्यवसाय सञ्चालन गर्नमा समेत सहजिकरण गरिदिन आग्रह । गत वर्ष आधारभूत तालिम लिएका १० जना महिलाहरुले स्तरोन्नति तालिम लिएका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update