Shittalpati
छुुट्टाछुुट्टै स्थानमा तीन जना मृत फेला

पाल्पा, देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार गुल्मी, धादिङ र गोरखाका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका हुन् । 

गुल्मीको धुर्कोट गाउँपालिका–७ ढाडे कालिमाटीस्थित भिरमा एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सोही गाउँपालिका–७ भुजुङ्गेकमा ५३ वर्षीय पोमबहादुर विक  मृत अवस्थामा फेला परेका हुन् ।  यस्तै धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित सडक किनारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । सोही ठाउँका ४५ वर्षीय बसन्त राई मृत अवस्थामा फेला परेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

गोरखाको गण्डकी गाउँपालिका–६ दर्बुङस्थित त्रिशुली नदीको किनारमा पनि अर्का एक जना मृत फेला परेका छन् ।  सोही गाउँपालिका–३ फुजेलका ७५ वर्षीय गणेशबहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका हुुन् । तीनवटै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update