Shittalpati
असारे विकास र हामी

देशका विभिन्न जिल्लामा अहिले असारे विकासको माचो बढी रहेको अवस्था छ । असारे बिकासले जनतामा सास्ती पनि थपि रहेको अनुभूति हुन थालेको छ । संघीय, प्रदेश र स्थानीय सरकारहरुका तर्फबाट निर्माणका लागि सम्झौता भएका साना योजनाहरु असार लाग्ने वेलामा शुरु गरेर पन्द्र असार सम्ममा सक्ने किसिमको सोंचका साथ शुरु भएका योजनाहरुले गर्दा जनताले सास्ति व्यहोर्नु परेको अवस्था छ ।

जव जव मनसुन सक्रिय हुन थाल्छ, तव मात्र निर्माणका काम शुरु गर्दा सडक, ढल र अन्य निर्माणका वेला पानी पर्ने र वाढीको डर वढ्ने अनि काम पनि राम्रो र गुणस्तर नहुने भएका कारणले कतिपय सरकारी खर्चहरु वालुवामा पानी हाले जस्ते देखिन्छ । खर्च हुने अनि प्रभावकारी र गुणस्तरमा कमजोरी हुने हुदा वर्षा सकिना साथ कहाँ के निर्माण गरियो भन्ने समेत निशानहरु फेला नपर्ने जस्ता समस्याहरु प्रति सरकारी निकायहरु गम्भीर भएका छैनन् । वर्षाको समयमा शुरु भएका योजनाहरु बर्षाकै मध्ये भागमा आएर ध्वस्त हुने गरेका समस्याहरु प्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने वहस धेरै बर्ष देखि उठी रहदा पनि खासै वास्ता नभएका कारण सबैका लागि यो काम यस्तै नै हो, टीकाटिप्पणी भन्दा पनि समस्याको सम्भीरता प्रति खासै ध्यान पुग्न सकेको देखिदैन ।

प्राविधिक हिसावले पनि समस्याहरु देखा पर्ने गर्छन् । जनताले दीगो बिकासको अनुभूति गर्न सक्दैनन्, त्यस कारण पनि हाम्रो काम गर्ने शैलीमा व्यापक सुधारको खाँचो छ । आरसिसी गरे पछि कम्तिमा २४ दिन सम्म त्यसलाई पानीले चिस्याउँने, अनि सुरक्षा गर्ने र वलियो वनाउँने प्रचलनलाई धेरै ठाउँमा प्रयोग विहिन वनाईएको छ । जनताले आवाज उठाउँदैनन्, नीति नियम वनाउँनेहरु वोल्दैनन्, विकासका नाममा विनास हुने खतरा प्रति कसैको पनि ध्यान जान सकेको छैन । साउँनको विनियोजित वजेट खर्च गर्न असारै पर्खनुपर्ने किन ? यस विषयमा हाम्रा जनप्रतिनिधी र निती निर्माताहरु गम्भीर नहुदा सम्म सुधार हुने सम्भावना अत्यान्तै कम छ । हामीले गाउँ गाउँमा सिंह दरवार ल्याउँदा दीगो विकास हुन्छ भन्ने सोंच हो, त्यसलाई सार्थक वनाउँनका लागि नेता र जनप्रतिनिधीहरुमा इच्छा शक्ति र कर्मचारी तथा नीति निर्माताहरुमा इमानदारिताको बोध नभए सम्म दीगो विकास सम्भव हुदैन् ।  

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update