Shittalpati
मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति

पाल्पा, पश्चिम क्षेत्रकै एक मात्र कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकार शिक्षा विज्ञान  तथा प्राविधि मन्त्रालय मार्फत तानसेन नगरपालिकाद्वारा प्राप्त छात्रवृत्ति रकम यहाँका छात्रा विद्यार्थीहरुलाई दिइएको हो ।

विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालकी शिक्षिका मन गहिरेले बताईन् । उनका अनुसार १ सय १९ जना छात्रालाई जनही चार सयका दरले ४७ हजार छ सय, विभिन्न किसिमका अपांगता भएका ६ जना छात्रालाई २२ हजार र ४ जना छात्रालाई चार हजारका दरले १६ हजार गरी कूल ८५ हजार छ सय रकमको छात्रवृत्ति वितरण गरिएको हो ।

४ जना छात्रालाई वितरण गरिएको १६ हजार रकम रोटरी क्लब अफ नागार्जुनका प्रताप प्रधानद्वारा दिइएको छात्रवृत्ति हो । विद्यालयका पूर्व प्रधानाध्यापक शान्ता प्रधान पाण्डेको सम्मानमा उनका भाइ प्रताप प्रधानको पहलमा नागार्जुन रोटरी मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति क्लब काठमाडौले मोहन कन्यामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने शर्तमा चार जना छात्रालाई प्रत्येक वर्ष चार हजारका दरले छात्रवृत्ति प्रदान गर्ने बताइएको छ ।

प्राप्त छात्रवृत्ति प्रमुख अतिथि शिक्षाविद् बुद्धि प्रसाद शर्मा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठ र प्रधानध्यापक दीपक ज्ञावलीले संयुक्त रुपमा विद्यार्थीहरुलाई प्रदान गरेका थिए । रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि शर्माले छात्रवृद्धिले विद्यार्थीहरुको अध्ययनमा थप टेवा पुग्ने, विश्वास व्यक्त गरे । विद्यालयका अध्यक्ष श्रेष्ठले विभिन्न विधामा उत्कृष्ट नतिजा दिनसक्ने छात्राहरूलाई नेपाल सरकारको सहयोगका अतिरिक्त विद्यालय समेतले थप प्रोत्साहन दिने गरेको बताए । विद्यालयका प्रधानाध्यापक ज्ञवालीले विद्यार्थीको सिकाइका लागि उत्प्रेरित गर्न छात्रवृत्ति प्रदान गरिएको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता, सहायक प्रधानाध्यापक रीना श्रेष्ठको सञ्चालनमा छात्रवृत्ति वितरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update