Shittalpati
अन्तर्राष्ट्रिय बुवा दिवसको सन्दर्भ

आफ्ना बुबाप्रति सम्मान जनाउँदै आज विश्वभर अन्तर्राष्ट्रिय बुबा दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले यो दिवस मनाउने गर्दछन् । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने बुबालाई विशेष सम्झने गर्छन् ।

परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।

कर्म दिने बुबालाई भगवानसरह मान्नुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । आफूलाई जन्म दिई हुर्काइ, पढाई सक्षम बनाउने बुवालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको कर्तव्य हो । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बुवालाई भेट्न पुग्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । अघिपछि बुबाआमालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने संस्कार छ, जुन गलत हो । यसो गरिनुहुँदैन । पिता वर्ष भरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । एकदिन मीठा खानेकुरा खुवाएर सन्तानको कर्तव्य पूरा हुँदैन । यसर्थ बुवाको सम्मान सधै गर्न सिकौं । जसले गर्दा अन्तर्राष्ट्रिय बुबा दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update