Shittalpati
पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।

दुर्घटनामा गाडीमा सवार चालकसहित ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा रामपुर नगरपालिका– ५ का २१ वर्षीया डोल्मा खण्डाल, रामपुर –९ की २८ वर्षीया रचना राना, रामपुर – ५ कै २० वर्षीया अनिषासिंह ठकुरी, सोही ठाउँकी २३ वर्षीया ममता श्रेष्ठ, रामपुर–७ की २० वर्षीया सविना राना, रामपुर –४ की १९ वर्षीया श्रृया रुचाल, रामपुर –५ की १९ वर्षीया दिपा हिस्की मगर, चालक सोही ठाउँ बस्ने ३०  वर्षीय मोहन अर्याल, रामपुर– ५ का ३४ वर्षीय शंकर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।  घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी आफै अनियन्त्रत भई सडकको बाँया साईडको भित्तामा ठक्कर खान जाँदा दुर्घटना हुन पुुगेको हो ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update