Shittalpati
पाल्पामा चट्याङ लागेर एकको मृत्यु

पाल्पा, पाल्पामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ३ डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्तको चट्याङ लागेर मृत्युु भएको हो ।

आइतबार साँझा आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागि घाईते भएका पन्तको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update