Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पाल्पा, पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो ।

नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । नयाँ मूल्य शनिबार मध्य रातिदेखि लागू भएको निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा तोकेको छ । यसअघि पेट्रोलको १ सय ६५ रुपैयाँ ५० पैसा रहेको थियो ।  दोस्रो वर्गका लागि  एक सय ६४ पर्ने छ । यहाँ पनि यस अघि १ सय ६७ रहेको थियो । यस्तै तेस्रो वर्गका लागि एक सय १६५ तोकेको छ । यस अघि यहाँ १ सय ६८ थियो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४९ रुपैयाँ ५० पैसा पर्ने छ । यस अघि १ सय ५० रुपैयाँ ५० पैसा रहेको थियो । दोस्रो वर्गका लागि एक सय ५१ पर्ने छ  । यहाँ यस अघि १ सय ५२ थियो । यस्तै तेस्रो वर्गका लागि एक सय ५२ कायम भएको छ । यस अघि १ सय ५३ रहेको थियो ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपाय रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update