Shittalpati
पाल्पामा गहना चोरी गर्ने पक्राउ

 

पाल्पा, गहना चोरी गरी फरार रहेका एक जना पक्राउ परेका छन् । जेठ १५ गते जिल्लाको तानसेन नगरपालिका –१२ की ४० वर्षीया नन्दकुमारी खप्तरीको गहना चोरी गरी भागेका बगनासकाली गाउँपालिका–२ पोखराथोकका अर्जुन कोइराला पक्राउ परेका हुन् ।

कोइरालाले खप्तरीले लगाएको २ तोला सुनको सिक्री चोरेर भागेका थिए । उनलाई खोजतलास गर्ने क्रममा प्रहरीले शनिबार पोखराथोकबाट पक्राउ गरिएको जनाएको छ ।  बा. प्र ०२–०४३ प २५६४ नम्बरको केटिएम मोटरसाइकलमा बसेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, चार थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरेको छ । यस्तै प्रहरीले उनको साथबाट एनटीसीको सिम कार्ड ९ थान, एनसीएलको सिमकार्ड १९ थान र नगद  १८ हजार ६ सय समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update