Shittalpati
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी !

पाल्पा, हिन्दु धर्मावलम्वीहरुले पुज्ने गौ माताको अहिले नेपालमा खुलम खुल्ला तस्करी हुन थालेको छ । मासुका लागि तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कालीगण्डकी करिडोर आसपासमा व्यापक रुपमा हुन थालेका तथ्यहरु फेला परेका छन् ।

करिडोरको प्रयोग गरी कृष्णनगर र रुपन्देहीका विभिन्न खुल्ला नाका हुँदै छिमेकी देश भारतबाट नेपालमा खुलम खुल्ला गाई गोरुको तस्करी भईरहेको हो । केही महिनादेखि कालीगण्डकी करिडोरको प्रयोग गरेर तस्करी दिन प्रति दिन बढी रहँदा प्रहरी प्रशासन भने मौनाता साधेर बसी रहेको छ । मगलबार साँझ रिडी, सत्यवतीको रुद्रवेणी हुँदै कालीगण्डकीको हर्मिचौर फाँटमा पुगेका ३६ थान गाई र गोरु राखेर लैजादै गरेका दुई ट्रकलाई हर्मिचौरका युवाहरुले कव्जामा लिएका थिए । तर प्रहरीले भने यस्तो अवैध धन्दामा संलग्न हुने चालक र व्यापारीलाई केही समयमै छुटाएर क्वारेन्टाइन पठाउँने भन्दै कपिलवस्तुको चन्द्रौटातर्फ फर्काइ दिएको छ । करिडोरको प्रयोग गरेर गाई तस्करी मात्रै नभएर खयर, साल र बहुमुल्य काठ तथा अन्य चौपायाहरुको समेत तस्करी हुने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update