Shittalpati
प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट

काठमान्डौँ, प्रधानमन्त्रीपुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँदलहरु प्रति असन्तुष्टी जनाएका छन् । उनले एक औपचारिककार्यक्रममा नयाँ जन्मिएका राजनीतिक दलहरूले पुराना दलहरूलाई सम्मान गर्ने वातावरण नबनेकोआरोप लगाउँदै संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युग ल्याउँने दललाईबिर्सिएर नयाँ राजनीतिक दलहरूले पुरानालाई अपमान गरेको भन्दै असन्तुुष्ट जनाएका हुन् ।

नेपालबुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुरानाराजनीतिक दल नभएको भए नयाँले यो ठाउँ पाउदैनन्थे, भन्ने हेक्का नयाँ दलहरूलेराख्नुपर्ने बताए । उनले भने ‘नेपालमा केही पनि छैन, केही हुँदैन, पार्टी र नेताहरूठिक छैनन्, यहाँ बस्नु भन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावनालाईनयाँ दलहरुबाट भएको छ । यसरी हिड्नु राम्रो होईन, नयाँ आउनेलाई मैले आलोचनागर्न खोजेको होइन । तर बोल्दा ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update