Shittalpati
पाल्पामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो : रोक्न सरोकारवालाहरुसँग छलफल

पाल्पा, जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो रहेको एक कार्यक्रममा निष्कर्ष निकालिएको छ । जिल्ला सुरक्षा समितिले आयोजना गरेको सरोकारवालसँगको छलफलमा जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढको निष्कर्ष निकालेको हो ।

लागु पदार्थ दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको साताव्यापी कार्यक्रम अन्तर्गत सरोकारवालसँगको छलफलमा जिल्लामा १४ देखि ३५ बर्ष उमेर समूह र कक्षा ८ देखी १२ सम्म पढ्ने, राजमार्ग र सहायक मार्गका आसपासमा व्यवसाय गर्नेहरु यो लतमा बढी लागेको प्रहरीले खुलासा गरेको छ । लागु पदार्थ प्रयोगलाई रोक्न समितिले छलफल चलाएको हो ।

लागुपदार्थ ओसार पसारलाई विशेष निगरानी बढाएको र नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल गर्दै आएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लले बताए । कार्यक्रममा खुलेआम होटल तथा रेष्टुराहरुमा हुक्का खाने, लुकिछिपी विद्युतीय चुरोटको प्रयोग, कडाखालका अफिम, चरेश पदार्थहरु सेवन गर्ने मध्यपान र धुम्रपानबाट लागु पदार्थ सेवनमा लागेका घटनाहरु बढ्दै गएकोले नियन्त्रणको लागि समुदायसँगै सुरक्षा निकाय सक्रिय भएर लाग्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) नरेन्द्र चन्दले जिल्ला सुरक्षा समितिले विविध जनचेतनामुलक कार्यक्रम गरेर साताव्यापी सचेतनाका कार्य गर्ने योजना बनाएको बताए । प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी सुगन्ध श्रेष्ठले लागु पदार्थ दुव्र्यसनीको अवस्था, परिवार, समाजमा पर्ने असर, कुलतमा फस्ने अवस्था, कानूनी प्रावधान, दण्डजरिवाना तथा सजायको अवस्थाबारे जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षता र जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा मनोज आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update