Shittalpati
शीत काव्य समाजका चार कृति लोकार्पण तथा विमर्श   

पाल्पा, शीत काव्य समाज नेपालको प्रकाशनबाट प्रकाशित चारवटा कृतिको लोकार्पण गरिएको छ । समाजको चौंथो वाार्षिक उत्सवको अवसरमा तानसेनमा आयोजित एक समारोहकाबिच चार  कृतिको लोकार्पण तथा विमर्श गरिएको हो ।

साहित्यकार देवेन्द्रराज शाक्यको शीत लघुतम खण्डकाव्य ‘धर्मी’, शीतका परिकल्पनाकार  साहित्यकार पुष्कर अथक रेग्मीको  शीत  ‘अध्र्य’ र त्रिशूल काव्य ‘अमोघ’, साहित्यकार दामोदर ढकाल दीपकको शीत‍ोपन्यास ‘शीत यात्रा’ नामक   कृतिको लोकापर्ण गरिएको हो । सोही अवसरमा  शीत काव्य समाजको लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा शीत ईश्वर कृष्णबहादुर केसीद्वारा स्थापित शीत कर्ण पुरस्कार साहित्यकार देवेन्द्रराज शाक्यलाई प्रदान गरिएको छ ।तिको लोकार्पण गर्दै प्रमुुख अतिथि तथा पाल्पाका शिक्षाविद् बुुद्धि प्रसाद शर्माले शीत काव्य साहित्यको उपविधा फष्टाउदै गएको बताए । पाल्पामा दिनहुँ साहित्य गतिविधीहरु बढ्दै गएको नयाँ–नयाँ विधामा साहित्यका रचनाहरु प्रकाशित हुदैँ जानु पाल्पाली साहित्यको लागि सुखद् कुरा भएको शर्माको भनाई छ । उनले भने ‘पाल्पामा यही तरीकाबाट साहित्य गतिविधी बढ्दै जाने हो भने साहित्य पर्यटनको विकासले फड्को मार्ने छ ।’ पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले पाल्पामा साहित्य विधाको उपविधामा नयाँ धार जन्मिएको बताए । शीत काव्य चार बर्षे यात्राबाट निरन्तर सघंर्ष गर्दै अगाडि बढिरहेको र हुर्काउन बढाउनको लागि सबै पक्षबाट मल जलको आवश्यकता रहेको सिंहले उल्लेख गरे  । कृतिकार  तथा शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले आफु सधै साहित्यमा नवीनता विधा प्रयोगमा लागि परेको बताए । शीतलाई अझै व्यापकता बनाउन सबै पक्षको सहयोग सहकार्य जरुरी रहेको साहित्यकार रेग्मीको जोड थियो ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार भोजराज भट्टराईले ४ वटै कृतिहरुको समिक्षा गरेका थिए । कार्यक्रममा  बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, साहित्यकारहरु युवराज पौडेल, राम प्रसाद अर्याल, कृष्ण केसी, डा. टंक प्रसाद पन्थ, कृतिकार दामोदर ढकाल, साहित्यकार कृष्ण केसी, गुणवती केसी लगायतले शीत काव्य वाचन तथा शीत काव्यको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कृतिकार देवेन्द्रराज शाक्य, पुष्कर अथक रेग्मी दामोदर ढकाल दीपकलाई सम्मान अर्पण गरिएको थियोे । शित काव्य नेपाल पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष गोविन्द खनालको स्वागत, सचिव सुशील बस्यालको सञ्चालनमा कार्यक्रम  भएको थियो । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update