Shittalpati
नेपाल टेलिकमले दियो बालबालिकालाई झोला 

पाल्पा, नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला दिएको छ । टेलिकम प्रादेशिक कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई झोला दिएको हो ।

टेलिकमले पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी अमिलेको जोगवाणी माध्यमिक विद्यालयका बालवालिकाहरुलाई झोला वितरण गरेको छ । उसले विद्यालयका  कक्षा ८ देखी १० सम्मका ९० जना विद्यार्थीहरुलाई किताब, कापी, बोक्ने झोला वितरण गरेको हो । कार्यालयले ५० हजार मुल्य बराबरको झोला वितरण गरेको जनाएको छ । विद्यालयमा अध्यनरत दलित, सिमान्तकृत, कुमाल, जनजाती विद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिएको, विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुलाई नेपाल टेलिकमको सिमकार्ड समेत वितरण गरिएको कार्यक्रम संयोजक सिता सुवेदीले बताईन् । कार्यक्रममा नेपाल टेलिकम पाल्पाका प्रमुख ईन्जिनियर राकेश पाण्डेले नेपाल टेलिकम गाउँ–गाउँमा सस्तो दरमा मोवाईल तथा इन्टरनेट सेवा पुर्‍याउन निरन्तर लागि परेको बताए । नेपाल टेलिकम एउटा सरकारी स्वामित्वमा रहेको दुरसञ्चार कम्पनी भएकाले जनतालाई सहुलियत दरमा सेवा पुर्‍याउनको लागि  नाफा घाटा भन्दा सेवाको भावनाले काम गर्दै आएको ईन्जिनियर पाण्डेले बताए ।

टेलिकम प्रादेशिक कार्यालय भैरहवाकी व्यापार अधिकृत सिता सुवेदीले नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व अन्र्तगत देशभरी नै विभिन्न सामाजिक कामहरु गर्दै आएको बताईन् । टेलिकमले वार्षिक रुपमा सामाजिक क्षेत्रमा बजेट विनियोजन गरेर विभिन्न विद्यालयमा पुगेर गरिब असाहयहरुको लागि विभिन्न सहयोग गर्ने, विभिन्न किसिमका शिविरहरु सञ्चालनमा सहयोग गर्ने, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई विभिन्न किसिमको सहयोग गर्ने जस्ता कामहरु गर्दै आएको व्यापार अधिकृत सुवेदीले बताईन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर कुमालले जोगवाणी विद्यालय नै छनौट गरेर विद्यालयका बालबालिकाहरुलाई झोला सहयोग गरेकामा टेलिकमप्रती धन्यवाद दिदै यो अभियानले विद्यार्र्थीहरुमा हौसल्ला बढेको बताए । कार्यक्रममा शिक्षाविद् माधव प्रसाद पौडेलले ग्रामीण भेगका यस्ता विद्यालयमा गरेको सहयोग जीवन्त रहने बताए । आगामी दिनमा पनि पढ्ने इच्छा भएका तर आर्थिक तथा घरायसी कारण पढ्न नपाएका विद्यार्थीहरुलाई केन्द्रित गरेर सहयोगको कार्यक्रम ल्याउन टेलिकमलाई अनुरोध गरे ।

जोगवाणी माविमा अधिकांस कुमाल बालबालिकाहरु अध्ययनको लागि आउने भएकाले उनीहरुको लागि आगामी दिन प्याकेजमा सहयोग गर्न शिक्षाविद् पौडेलले अनुरोध गरे । झोला वितरण कार्यक्रममा विद्यालयका पूूर्व प्रधानाध्यापक हरि प्रसाल पौडेल, पूूर्व शिक्षक सूर्य प्रसाद पौडेल लगायतले विद्यार्थीले किताव कापी बोक्ने झोला पाउँदा पनि उनीहरुलाई ठूूलो राहत मिलेको, झोला किन्ने रकमले बालबालिकाहरुको लागि एक बर्षको कापि कलम किन्न पुग्ने भएकाले आगामी दिनमा पनि सहयोग गर्न टेलिकम लाई अनुरोध गरे । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्यामबहादुर घर्तीको अध्यक्षता, शिक्षक नारायाण पन्थीको स्वागत र सहायक प्रधानाध्यापक नोखराज बञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update