Shittalpati
आज विश्व एकल महिला दिवस

पाल्पा, आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस  नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो । लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update