Shittalpati
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग

गुल्मी, गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।

आगलागी घटनामा जिल्लामा सबैभन्दा प्रभावित इस्मा गाउँपालिकाका २८, मदाने गाउँपालिकाका १०, मुसिकोट नगरपालिकाका ८, रुरुक्षेत्र गाउँपालिकाका ७ र गुल्मीदरबार गाउँपालिकाका ५ जनालाई आर्थिक सहयोग प्रदान गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार धुर्कोट गाउँपालिकाका पाँच, रेसु·ा नगरपालिका, छत्रकोट गाउँपालिकाका र मालिका गाउँपालिकाका दुई÷दुई र कालिगण्डकी गाउँपालिकाका एक जना गरी कूल ७० अग्निपीडित परिवारलाई रु १०÷१० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको हो ।

समाजले अग्निपीडितका लागि जापानमा सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । संकलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडितसमक्ष पु¥याइएको हो । केही स्थानमा आफैँ पुगेर र केही स्थानमा जनप्रतिनिधिमार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिए । उनका अनुसार समाजले जिल्लाका हरेक विपद्मा सहयोग र सहजीकरण गरिरहेको छ ।

कोभिडका बेला जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था र गुल्मी अस्पतालमा रु १५ लाख बराबरको स्वास्थ्यसामग्री समाजले प्रदान गरेको थियो । सोही अभियानमा नेपाल पत्रकार महासङ्घ गुल्मीले समाजलाई सहजीकरण गरेको थियो । विदेशमा भए पनि मातृभूमिप्रतिको सम्मान र नेपालीको माया भएकाले संस्थामार्फत लामो समयदेखि जिल्लावासीलाई सहयोग गरिरहेको भन्दै संस्थाका अध्यक्ष अधिकारीले खुसी व्यक्त गरे । उनले सहयोग संकलन गर्ने सहयोगी मन र सहयोग प्रदान गर्न सहजीकरण गर्ने गुल्मेली पत्रकारलाई धन्यवाद दिए । अग्निपीडितलाई पठाएको सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले समाजले सामाजिक क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गरेका थिए । आगोले सबै सम्पत्ति जलेर नष्ट भएका परिवारको दुःखमा देखाएको सहानुभूति निकै उदाहरणीय रहेको भन्दै उनले आगामी दिनमा पनि सहयोग र सद्भावको निरन्तरताको आशा व्यक्त गरे । गुल्मेली समाज जापानले पठाएको उक्त रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update