म भक्त भूमिको
बिमला पान्डे
तिमी एउटा जमीन,तिमी एउटा सुन्दर माटो
आन्नद लाग्छ खाँदा आफ्नै ठाउँको आटो ।
म पसिना बगाउँदै छु तिमीमा रगत होईन्
के लेख्नु खै तिमी जति सर्वश्रेष्ठ केँही छैन् ॥
सुन्दर बिरूवाको टिलपिलाउदोँ फूल हौं तिमी
अनेकौं लडाँईपछि टुक्रिएको जुन हौं तिमी ।
होलान् तिमीमा दागहरू अँगालौंला मायाले,
स्वर्गको आभाष दिलाउने छ तिम्रो छत्र छायाले ॥
समस्यासँग जुधेर तिम्रो काख मै मर्ने धोको
परदेशको मोहले तान्यो,हरेक कुरा परिस्थितिले रोको ।
प्रकृतिको तिमी एउटा विचित्र बलिदान
श्रमले रङ्गाएर सदैव गर्नेछु तिम्रो मान ॥
सुर्य र चन्द्र जस्तै सधैं तिमी अटल रहनु
आधुनिकतामा आएका बाधा तिमीले सहनु ।
अस्तित्व तिम्रो सङ्कटमा छ कसलाई के भन्नु,
हराउला कुनै दिन तर सपना मेरो देशभक्त बन्नु ॥
प्रकाशित मिति: सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्