Shittalpati
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि, पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।

 पालिकाका अध्यक्ष नुनबहादुर थापाले गाउँ सभाको १५ औं अधिवेशनमा कृषि र पशुुपालनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् । उनले  विदेशबाट फर्किएका युवाहरुलाई विशेष कार्यक्रम सञ्चालन गर्ने, उद्यमशीलता विकास तथा विभिन्न बालीका पकेट क्षेत्र, विभिन्न  कृषि प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालनमा ल्याइने उल्लेख गरे । यस्तै सिंचित क्षेत्रको  विस्तारसँगै संघन बाली प्राणाली अवलम्वन  गर्न पुराना कुलो मर्मत तथा संभार लिफ्ट सिंचाई तथा जलाशय सिंचाई प्रणालीलाई सम्भाव्यताका आधारमा सञ्चालन  गर्न आवश्यक पहल गरिने, गाउँपालिकाको फाँट क्षेत्रमा बाहै्रं महिना सिंचाई उपलब्ध हुने गरी डिप बोरिङ्ग सम्भाव्यता अध्ययन सञ्चालनमा ल्याइने, अदुवा, बेसँर, टिमुर, तोरी, कुुरिलो, सिताके च्याउ, कन्य च्याउ, मौरी पालन क्षेत्रको अध्ययन गरी  पकेट कार्यक्रम सञ्चालन गर्ने, मुख्य खाद्यान्नको रुपमा रहेको मकै बालीको उत्पादन र उत्पादकत्व बढाउन मकैको प्रथम पुुस्ता तहको गुणस्तरीय बीउ उत्पादन गरी कृषकलाई उपलब्ध गराउने, उत्पादनमा आधारित अनुदानका कार्यक्रमलाई लागुु गरी व्यवस्थित गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

यस्तै गाउँपालिकाले पशुुपंक्षी विकासतर्फ व्यवसायिक पशुुपंक्षीका आधुुनिक फर्महरु खोल्न प्रोत्साहन गरिने, उच्च प्रतिफल दिने उन्नत नश्लका पशुुपंक्षीको भरपर्दो स्रोत केन्द्रबाट आपुुर्ति व्यवस्था गर्न पहल गरिने, व्यवसायिक पशुुपंक्षी  पालनलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने, बाँझो जमिन तथा सामुदायिक वनहरुमा पोषिलो घाँस उत्पादन गर्न प्रोत्साहित गरिने, पशुपंक्षीको बजार स्थापना र प्रवद्र्धनमा सहयोग गरिने पनि नीतिमा समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update