पाल्पा/पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल पवित्र रुरु धाममा आयोजना भई रहेको महोत्सवलाई निरन्तर अविरल बर्षाले विथोलेको छ । बिहिवार राती रिडीखोला बढेपछि मेलाका लागि बनाईएको अस्थायी पुल फड्के वगाएको छ । पाल्पा र गुल्मी तर्फका आधा दर्जन स्टलहरुमा खोला पसे पछि उनीहरु राती नै विस्थापित भएका छन् । समान बगाएको छ । स्टल साहुहरुले त्रासपुर्ण वातावरणमा रात विताएका छन् । विहीवार साझ ७ बजे पछि रिडीखोलाको अस्थायीपुल एक्कासी वगायो । हामी अलपत्र भयौ, आयोजकहरु सम्पर्कमा छैनन् समान बगायो, स्टलभित्र पानी पस्यो, वडाअध्यक्ष र प्रहरीलाई खवर गर्दा पनि गुहार, पाएनौ, सत्यवती ५ का व्यवसायी सुदीप ज्ञवालीले गुनासो गरे । अर्का व्यवसायी, तानसेन बढीज्ञान टोलबाट फेन्सी स्टल राख्न रिडी पुगेका समिमा फेन्सी पसलका रविल मीयाले भने हामी दर्जनौ स्टलवालाहरुले राती नै आयोजकलाई खवर गरेका थियौ, तर वास्ता गरेनन् । अहिले वारी आएर आगो तापेर रात विताएका छौ ।