Shittalpati
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

पाल्पा, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कार्यालयले उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी थालेको हो ।

उसले बिहीबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताइएको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने कार्यालयले जनाएको छ । गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update