Shittalpati
ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराको २ लाख २९ हजार सहयोग

पाल्पा, पाल्पामा ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराले २ लाख २९ हजार सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ ‘हाम्रो ब्लड बैंक हामी बनाउछौं’ भन्ने महाअभियानलाई सफल बनाउन समाजले सो रकम सहयोग गरेको हो ।

समाजले तानसेनमा एक कार्यक्रमकाबिच रकम हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ब्लड बैंक सञ्चालनका लागि चलाएको अभियानमा समाजले २ लाख २९ हजार २ सय १९ रुपैया हस्तान्तरण गरेको हो । कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परिवारले रेडक्रस पाल्पाले  सञ्चालन गरेको महाअभियानमा आफुुहरुको पनि सहभागीता होस् भन्ने अभिप्रायले थोरै भए पनि सहयोग गरेको बताए । रेडक्रसको महान अभियानलाई  समाजले मात्र होईन सबै व्यक्ति, संघ संस्थाहरुले सहयोग गरेर चाडो भन्दा चाडो पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्नुपर्नेमा परियारले जोड दिए । कार्यक्रममा शाखाका सभापति बाबुराम कार्कीले पाल्पाली समाज पोखराले महाअभियान सफल पार्नका लागि गरेको  सहयोग प्रशंसनिय रहेको भन्दै आभार व्यक्त गरे । उनले विभिन्न संघ संस्था र व्यक्तिहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको बताए । सभापति कार्कीले हालसम्म  नमस्ते पाल्पा समाज कोरीया, पाल्पाली समाज अमेरीका लगाएतका विभिन्न संघ संस्थाहरु, व्यक्तिहरुबाट ३५ लाख ४६ हजार १ सय ५८ रुपैयाँ रकम प्राप्त भैसकेको जानकारी दिए ।

तानसेन नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोक कुमार शाहीले पाल्पाली समाज पोखराले रेडक्रस पाल्पालाई गरेको सहयोग जस्तै अन्य संघसंस्था, व्यक्तिहरुलाई  रकम संकलन सहयोग अभियानमा सहभागी हुन अनुरोध गरे । रेडक्रस पाल्पाका अधिकृत विनोद भारतीले जिल्लामै रक्तसञ्चार केन्द्र सञ्चालनको लागि रेडक्रस पाल्पाले विगत १ बर्षदेखी निरन्तर सहयोग अभियान सञ्चालन गर्दै आएको बताए । रक्तसञ्चार केन्द्र स्थापनको लागि पुन्य कार्यमा सहभागी हुन सबैमा अधिकृत भारतीले अनुरोध गरे । रक्तसञ्चार केन्द्र स्थापना भएपछी पाल्पाका ठूूला अस्पतालहरुमा आवश्यक पर्ने रगत पाल्पाबाटै उपलब्ध हुनेछ । कार्यक्रम पाल्पाली समाज पोखराका महासचिव सञ्जय आत्रेयको सञ्चालनमा  कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update