Shittalpati
खेतमा धान रोप्न सिक्दै विद्यार्थी

पाल्पा, बुधबार तानसेनको प्रभास फाँटमा परिचयपत्र लगाएर विद्यार्थीदेखी पाका पुस्ताका  महिला,पुरुषहरु  खेतमा धान रोप्दै थिए । पहिलो पटक खेतमा पुगेका सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाका विद्यार्थीहरुलाई भने धान रोपाइँ अनौठो लाग्यो ।

विद्यालयकी शिक्षिका अप्सरा न्यौपाने, सकुन्तला बोहोरा, सिष्टर रेजिना, शिक्षकहरु तुल्सीराम पोखरेल, दिपक बस्यालसँगै विद्यार्थी अदिती बस्याल, अमृता रावल, प्रसुन पोखरेल, रदीप बज्राचार्य, समिप गोदार, सिमसन घर्ती अनिस श्रेष्ठसँगै कक्षा ६ र ७ का विद्यार्थीहरु धान रोप्न तानसेनको प्रभास फाँटको हिलो खेतमा पसेर रमाइलो गरे । शिक्षिकासँगै विद्यार्थीहरुले हिलोमा छुपुमा छुपु धान रोपे । शिक्षकहरुसँगै विद्यार्थीहरुले धान रोप्नको लागि खेतका गह्राहरु मिलाउने, आली लगाउने, खेतका गह्रा सम्माउने, धानको विउ एक स्थानबाट अर्काे स्थानमा ओसार पसारको काममा सघाए ।

हामीले फेसवुक, युटुुव, टेलिभिजनमा मात्र  धान रोपाइँ गरेको देखेका थियौ तर आज विद्यालयले हामीहरुलाई  किसानको खेतमै सहभागी गराएर आफै धान रोप्दा निकै मजा आएको विद्यार्थी अदिती बस्यालले बताईन् ।  किताबमा असारमा धान रोप्ने भनेर त पढियो तर कसरी धान रोपिन्छ, कसरी विउ राखिन्छ, खेतका गह्राहरुमा हिलो कसरी मिलाईन्छ भनेर जानेका थिएनांै आज फाँटमै गएर सर ÷मिसहरु साथी संगीहरुसँगै मिलेर धान रोपेको अर्की विद्यार्थी अमृता रावलको भनाई छ ।

नेपाल कृषि प्रधान देश हो, हिमाल, पहाड तराई जताततै नेपालमा धान खेती गरिन्छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई नेपाली खेती प्रणाली, खेती गर्ने तरीका बारे सिकाउन, देखाउन र व्यवहारमै महशुस गराउन धान रोपाइँ सहभागी गराएको विद्यालयकी प्रिन्सिपल सिष्टर एनिस जोसेफले बताईन् । हामी विद्यार्थीलाई नेपाली मौलिक भेषभुषा, भाषा, परम्परागत शैली, संस्कृति र देशको कृषि प्रणाली सिपसँग जोड्ने अभ्यासमा निरन्तर लागि परेको विद्यालयकी प्रिन्सिपल जोसेफले बताईन् । धान रोपाइँमा सहभागी भएका विद्यार्थीहरु रमाएका छन्, खुसी भएका छन् धान रोप्ने तरीका सिकेका छन्, विद्यार्थीले नयाँ ज्ञान पाएका छन्, विद्यार्थीलाई कक्षा कोठामा मात्र होइन व्यवहारिक शिक्षा दिनुपर्छ भनेर खेतमा धान रोप्ने कार्यमा सहभागी गराएको विद्यालयका इसिए संयोजक दीपक बस्यालले बताए ।  

पछ्रिल्लो समय बालबालिका मोबाईल र ईन्टरनेटमा मात्रै बढी केन्द्रीत हुने, व्यवारिक ज्ञान, सिप, कृषि खेती प्रणालीको बारेमा जानकारी कम भएकाले बालबालिकाहरुलाई व्यवहारिक अभ्याससँगै कामको अनुभव सिकाउन धान रोपाइँमा सहभागी गराएको विद्यालयका शिक्षक तुल्सीराम पोखरेलले बताए । धान रोपाइँ सहभागी भएका विद्यार्थी बालबालिकाहरुले आफुहरुले धान रोप्न सिकेको बताएका छन् ।  

शिक्षा भनेकै सिक्ने र नयाँ ज्ञान पाउने स्थान हो । अहिले व्यवहारिक ज्ञान भन्दा पनि बालबालिकाहरुलाई सैद्धान्तिक किताबी ज्ञान मात्र सिकाउने प्रचलन अत्याधिक रहेको छ । जसको कारण व्यवहारिक ज्ञान नहँुदा नेपाली विद्यार्थीहरु नत नेपालमा बसेर कृषि पशु क्षेत्रमा रमाएर काम गर्न सकेका छन् नत विदेशमा गएर राम्रो क्षेत्रमा काम गर्ने अवसर पाएका छन् ।  विद्यालयस्तरबाटै सरकारले नेपालमै सिक्ने, टिक्ने, विक्ने खालका सैद्धान्तिकसँगै व्यहारिक शिक्षालाई अनिवार्य गर्दै जानु पर्ने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update