Shittalpati
पाल्पाकी नीता र भोजपुरको दामुको प्रेम कथा

प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी.द्वारा लिखित शीत कल्प कृति ‘शीतका थोपा’(२०७८), अविस्रान्त कर्मशील साहित्यकार एवं शीत ईश्वर देवेन्द्रराज शाक्यको शीत लघुतम काव्य संग्रह ‘शीत’(२०७८) र शीत लघुतम खण्डकाव्य ‘धर्मी’(२०८१), शीत ईश्वर इन्दिरा ज्ञवाली पौडेलको शीत कल्प कृति ‘शीत इन्दु’(२०७९), शीत ईश्वर शारदा ज्ञवाली ढकालको शीत कल्प कृति ‘आँसु’ (२०७९), शीत ईश्वर देशभक्त सिंह कुँवरद्वारा लिखित शीत कल्प कृति ‘आहा’(२०८०), मानार्थ शीत ईश्वर लव जोशीद्वारा नेपाली र अंग्रेजीमा लिखित कृति ‘शीत काव्य’ (२०८०), शीत साधक धर्मी शाक्यको शीत कृति ‘बुँद’(२०७८), शीत साधक शोभा आचार्य गौतमकरुो कृति ‘काव्य शोभा’(२०७९), परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा लिखित शीत बाल कथा संग्रह ‘अर्ती’(२०७९) र शीतः रचना विभान र चतुष्पदीय लघुकाव्य संग्रह शीत कल्प ‘अघ्र्य’(२०८१) शीत साहित्यका प्रकाशित कृतिहरू हुन् ।

यस पटक शीत काव्य समाज नेपालका महासचिव साहित्यकार/पत्रकार दामोदर ढकाल ‘दीपक’ द्वारा लिखित शीत कल्प कृति शीतो उपन्यास ‘शीत यात्रा’(२०८१) प्रकाशित गरेसंगै सातौं शीत ईश्वरको पदवीद्वारा विभूषित गर्न पाउँदा शीत काव्य समाज नेपाल गौरवान्वित भएको छ । ‘नेपाली लघुकाव्यको श्रीवृद्धिका लागि नवीनतम् योगदान गरौं’ भन्ने मूल नाराका साथ लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन –३ भगवती टोल श्रीनगर क्षेत्रबाट वि.सं. २०७८ असार ७ गते सोमबारका दिनदेखि ‘शीत’को परिकल्पना प्रस्तावना गरिएको हो । ‘चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरी काव्य नै शीत हो’ भनी शीतलाई परिभाषित गरिएको छ । शीत काव्यको बारेमा सम्पूर्ण कुराको जानकारीका लागि ‘शीतः रचना विधान र चतुष्पदीय लघुकाव्य संग्रह शीत कल्प ‘अघ्र्य’(२०८१) प्रकाशित भईसकेको छ । यद्यपी संक्षेपमा भन्नुपर्दा २ अक्षर ४ पंक्ति जम्मा ८ अक्षर बराबर १ श्लोक शीत हुन्छ । शीत सूत्र, मन्त्र र अर्थपूर्ण हुनुपर्दछ ।

शीत संरचना अनुसार शीतलाईशीत, शीतद्वय, शीतत्रय, शीतचक्र, शीतपत्र, शीत पुष्प, शीत कुञ्ज, शीत द्वीप, शीत ब्राÞमण्ड र शीत कल्पसम्म संगठन गरी शीत स्रष्टाहरूलाई शीत यात्री, शीत सर्जक, शीत साधक र शीत ईश्वरसम्मको पदवी दिइएको छ । शीत लेख्न सजिलो छ । कविताको शुभारम्भ शीत बाटनै हुन्छ । कविता लेख्न जान्दै नजान्नेले पनि शीत लेख्दालेख्दै अन्य कविताहरू समेत लेखी संप्रेषण र प्रकाशन गर्दै आएको पाइन्छ । तीन दर्जनकै हाराहारीमा शीतका नियम, सूत्र, सिद्धान्त, उदाहरणहरू रहेका छन् । शीत आफैमा लघुतम काव्य भएतापनि शीतको माध्यमद्वारा उपन्यास समेत लेख्न सकिन्छ भन्ने उदाहरण शीत ईश्वर दामोदर ढकाल ‘दीपक’ले दिएका छन् । शीतोपन्यास अर्थात काव्य + आख्यान= काव्याख्यानको सिर्जना गरेका छन् । यसरी नेपाली शव्दकोषमा इतिहासमा शीतोपन्यास र काव्याख्यान गरी नवीनतम् दुईवटा शब्दको समेत उत्पत्ति भएको छ । यस अघि अथकले शीत बालकथा संग्रह अर्तीमा काव्य र कथाको समिश्रण गरी काव्याख्यान प्रकाशित गरिसकेका थिए । दामोदर ढकाल ‘दीपक’ प्रथम शीतोपन्यासकारको रूपमा नेपाली साहित्यको जनसंख्यामा पदार्पण गरेका छन् । शीतोपन्यास बिशेषत नायक दामु र नायिका नीता केन्द्रीत कथामा सरसर्ति बहेको छ । भोजपुरका शीत साधक दामु शैल हिमशिखर चढन भनी जादाँ बाटोमा पाल्पाली चेली शीत साधक नीतासंग भेट हुन्छ । परिचयको क्रममा घरमा आफ्नो बिहे गरिदिन लागेको थाहा पाएकोले आफूपनि शीत साधक रहेको र साहसिक काम गरी शैल चढेर कीर्ति राखेपछि मात्रै बिहे गर्ने भनी अठोटका साथ हिडेको भन्ने थाहा पाएपछि उनीहरू संगै शैल चढ्न जाने र चुचुरोमा शीतको झण्डा फहराउने समान उद्देश्यका साथ अघि बढछन् । त्यसपछि के हुन्छ ? सबै औपन्यासिक कथा थाहा पाउनका लागि शीतोपन्यासकै रस्वादन गर्नुका साथै पाल्पाकी नीता र  भोजपुरको दामुको प्रेमकथा अध्यक्ष गर्न अनुरोध गर्दछु ।

विशेषतः सूत्र, मन्त्र, शव्दार्थ, अन्तर्वस्तु, कथ्य, परिवेश, उद्देश्य, सहभागी, दृष्टिविन्दु, लय, भाषाशैली, बिम्ब, प्रतीक जस्ता तत्वहरू मिलि शीत काव्य बनेको हुन्छ भने उपन्यास रचना गर्दा मुख्यतः कथानक/कथाबस्तु, पात्र/चरित्र, परिवेश, कथोपकथन, दृष्टिविन्दु, उद्देश्य, भाषाशैली, बिम्ब र प्रतीकहरूको नै प्रयोग गरिएको हुन्छ । यसरी हेर्दा काव्य र उपन्यासका तत्वहरूको एक आपसमा सुसंयोजन देखिएकोलेनै उपन्यासकार दामोदर ढकाल ‘दीपक’ ले ‘शीतयात्रा’ नामक शीतोपन्यास/शीताख्यान/काव्याख्यान प्रकाशन गरी नेपाली साहित्यको इतिहासमै प्रथम शीत उपन्यासकारको रूपमा प्रतिष्ठापित भएका छन् । नवीन शैलीको प्रस्तुत शीत उपन्यास पश्चात् शीत साहित्य एवं नेपाली साहित्यको इतिहासमा अझ नवीनतम प्रयोग र परिकल्पनाहरू भइनै रहनेछन् । प्रस्तुत कृति स्रष्टा द्रष्टा र अनुसन्धाता सबैका लागि उपयोगीसिद्ध भएमा हाम्रो प्रयोग र परिकल्पनाले सार्थकता पाउनेछ भन्ने विश्वास लिइएको छ ।

‘उपन्यास गधमा लेखिएको महाकाव्य हो ।’ हेनरी जेम्सको मननीय उदगारलाई समर्थन जनाउँदै म भन्छु, ‘शीतोपन्यास काव्यमा लेखिएको गध हो ।’ यसैगरी डा. सत्येन्द्रले महनीय रूपमा भनेका छन, ‘उपन्यास नयाँ युगको नयाँ अभिव्यक्ति हो ।’ यसर्थ मैले पनि भन्छु,‘शीतोपन्यास काव्य उपविधाको नवीन स्वरूप हो ।’ शीत काव्यलाई नवीन रूप दिई नेपाली कविता साहित्यको इतिहासमा अब्बल कृति प्रकाशित गर्ने शीत काव्य समाज नेपालका संस्थापक महासचिव, गौरी पव्लिक रिलेसन एन पब्लिकेसनका प्रोपाइटर, सुख शान्ति मिडियाका संचालक, विभिन्न टेलिफिल्म र भिडियो फिल्मका निर्माता निर्देशक कलाकार, चर्चित उपन्यासहरू रत्नपार्ककी रञ्जु, तँ, रक्षा र तीर्था; बाल उपन्यास तुलसी र ज्यरुोतिष ; बालगीत सानी सानी नानी र सुसेली संग्रह जन्मभूमिका लेखक ; भोजपुर जिल्ला याकु –७ निवासी माता राधादेवी ढकाल र पिता कृष्णप्रसाद ढकालका सुपुत्र कलाकार, पत्रकार, साहित्यकार, प्रथम शीत उपन्यासकार, शीत ईश्वर, आत्मीय मीत्र दामोदर ढकाल ‘दीपक’लाई हार्दिक बधाई तथा सम्पूर्ण शुभकामना ‘सुदीर्घजीवनको प्रार्थना सहित बाँकी जीवन नवीनतम् कृति सिर्जना र प्रकाशनमय बनिरहोस्’
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष र समीक्षक समेत हुन्)

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update