Shittalpati
पाल्पाको एसईई नतिजा :  दुई जनाले ल्याए चार जिपिए , एक सय पाँच जनाको ए प्लस

पाल्पा, राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०८० को रिजल्टमा पाल्पाबाट  दुुई जनाले चार जिपिए ल्याएका छन्  । जिल्लाका एक छात्र र एक छात्राले चार जिपिए अंक प्राप्त गरेका हुन् ।

 जनता माध्यमिक विद्यालय(जेभेटी)  तानसेनका उत्सव ढुङ्गाना र रामपुर नगरपालिकाको दराई ठाटी माध्यमिक विद्यालय रामपुरकी पूर्णिमा लक्ष्मी कुवँरले ४ जिपिए ल्याई जिल्ला प्रथम भएका छन् । जेभिटीबाट ढुङ्गानासहित १२ जना ए प्लससहित ६५ जना विद्यार्थीहरु उतीर्ण भएका छन् । यसै गरी दराईठाटी माध्यमिक विद्यालयबाट कुवँर सहित ८ जनाले ए प्लस ल्याई २८ जना उतीर्ण भएका छन् । जेभिटी र दराई ठाटी दुबै विद्यालय सामुदायिक विद्यालय हुन् ।

पाल्पाबाट ४ जिपिए ल्याउनेमा २ जना, ३.६१ देखी ४ जिपिए अर्थात् ए प्लस ल्याउनेमा १ सय ५ जना, ३.२१ देखी ३.६० जिपिए अर्थात् ए ल्याउने विद्यार्थी २ सय ८२ जना, २.८१ देखी ३.२० अर्थात् वि प्लस ल्याउनेमा ४ सय ३७ जना, २.४१ देखी २.८० सम्म अर्थात् वि ल्याउनेमा २ सय ८१ जना र २.०० देखी २.४० जिपिए अर्थात् सि प्लस ल्याउनेहरुमा १२ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताए ।  पाल्पाबाट नियमित रुपमा ४ हजार १० र ग्रेडवृद्धितर्फ १ सय ७२ गरी ४ हजार १ सय ८२ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा नियमित तर्फ १ हजार १ सय १७ जना उतीर्ण भएका छन् भने ननग्रेडिङ्गमा २ हजार ६ सय १० जना परेका छन् ।  यस बर्षको एसईई नतिजामा पाल्पाबाट २७.८५ प्रतिशत मात्र विद्यार्थीहरु उतीर्ण भएका हुुन् । जिल्लाबाट १ सय १८ वटा सामुदायिक र १९ वटा निजी विद्यालय गरी १ सय ३८ वटा विद्यालयबाट विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका थिए ।

गत वर्षको नतिजामा जिल्लाबाट एक जनाले मात्र चार जिपिए ल्याएका थिए । पाल्पा पोलस्टार  सेकेन्डरी स्कुलका एक विद्यार्थीले  चार जिपिए ल्याएका थिए । यस्तै सोही वर्ष १ सय ९ जना विद्यार्थीले ३.६ देखी माथी जिपिएका साथ ए प्लस  ल्याएका थिए  ।  २ सय २५ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जिपिए ल्याई ए ल्याए  ।

 तस्वीर :  जेभिटी तानसेनका उत्सव ढुङ्गाना र दराई ठाँटी रामपुरकी पूर्णिमा लक्ष्मी कुवँर  

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update