Shittalpati
डेंगुु बढ्न सक्छ ख्याल गरौं

देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएकोे छ । मनसुन सक्रिय भएसँगै डेंगुुको संक्रमण बढ्ने भय समेत बढेर गएको छ । विशेषतः गर्मी र वर्षात्को समयमा डेंगुु बढ्ने गर्दछ । अहिले वर्षा सुुरु भएसँगै डेंगुुका विरामीहरु समेत बढ्न थालेका छन् । हाल देशका पाँच जिल्लाबाहेक अन्य सबै जिल्लामा डेंगु संक्रमण फैलिसकेको र केही जिल्ला त त्यसबाट अति प्रभावितसमेत हुन थालेको पाइएको छ । केही समययताको डेंगु संक्रमणलाई हेर्ने हो भने त्यसको विस्तार तीव्र गतिमा भैरहेको देखिन्छ ।


यस वर्ष मनसुन शुरु भएसँगै लामखुट्टे वृद्धि हुने र डेंगु बढ्ने सम्भावना बढेर गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई लामखुट्टेबाट जोगिनका र सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन पनि मन्त्रालयले आह्वान गरेको छ । जनमानसमा फैलने महामारीबाट समयमै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले आह्वान गर्नु सकारात्मक कुरा हो । मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र संक्रमितको संख्यासमेत बढ्न सक्ने हुन्छ । यस अवस्थामा नागरिक स्वयं सचेत भई जनस्वास्थ्यप्रति ध्यान दिन आवश्यक छ । घरवरिपरि पानी जम्न नदिने, झाडी सफा गर्ने, पूरा बाहुला भएको कपडा लगाएर मात्र घरबाहिर हिँड्ने, झ्यालढोकामा जाली राख्ने, झुलभित्र सुत्ने गर्नाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । मनसुनको याममा कहिले घाम त कहिले पानी हुँदा त्यसले पर्याप्त लामखुट्टेलाई बढाउन सक्ने कारणले अबको समय डेंगुका लागि निकै नै जोखिमयुक्त मानिन्छ । डेंगु भाइरस संक्रमित रहेका एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोगलाई बेलैमा पहिचान गर्न सकियो भने त्यसको उपचार सरल हुने, अन्यथा हेलचेक्र्याइँ गरियो भने त्यसले ज्यान पनि लिन सक्ने हुनाले उक्त अवस्था आउन नदिन सबै सतर्क र सचेत हुनैपर्छ । यस्तो अवस्थामा तीनै तहका सरकारले नागरिकहरुलाई आर्थिक अवस्था हेरी निःशुल्क झुल वितरणका साथै जनचेतना जगाउने दिशामा समेत ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update